एनसीसी बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन
वि.सं.२०७९ साउन २२ आइतवार १४:३०
3.5K
shares
काठमाडौं: एनसीसी बैंकको २६ लाख ३१ हजार १३६ कित्ता संस्थापक सेयर लिलामीको सेयर खरिदका लागि फारम भर्ने आज अन्तिम दिन हो ।
लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीसहित अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
यसमा न्यूनतम १३१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य सिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम एक हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धक सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
वि.सं.२०७९ साउन २२ आइतवार १४:३०



















