प्रधानन्यायाधीश विरूद्धको महाभियोग माथि छलफल हुँदै
वि.सं.२०७९ साउन २२ आइतवार ०९:५४
2.1K
shares
काठमाडौं: संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक आज ११ बजे बस्ने भएको छ । आजको बैठकमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध दर्ता भएको महाभियोगको प्रस्तावमाथि छलफल अघि बढाइने सम्भावित कार्यसूची रहेको छ ।
पाँच महिनाअघि गत फागुनमा सत्तारुढ दलका सांसदहरुले प्रधानन्यायाधीश राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेका थिए । प्रधानन्यायाधीश राणविरुद्ध सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी र एकीकृत समाजवादीका ९८ जना सांसदले फागुन १ गते संसद् सचिवालयमा महाभियोग प्रस्ताव दर्ता गरेका थिए ।
अविश्वासको प्रस्ताव दर्ता भए पनि त्यसमाथि कारबाही हुन नसक्दा यसको आलोचना भइरहेको थियो । प्रतिनिधिसभाको आजको बैठकमा महाभियोग प्रस्तावबारे छलफल हुने संसद् सचिवालयले जारी गरेको सम्भावित कार्यसूचीमा जनाइएको छ ।
‘मिति २०७८ फागुन २९ गतेको बैठकमा मा श्री देवप्रसाद गुरुङले नेपालको संविधानको धारा १०१ को उपधारा (२) एवं प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १६१ को उपनियम (१) बमोजिम प्रस्तुत गर्नुभएको प्रधानन्यायाधीश श्री चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाभियोग प्रस्तावमाथि छलफल हुने’, आजको सम्भावित कार्यसूचीमा भनिएको छ ।
वि.सं.२०७९ साउन २२ आइतवार ०९:५४




















