राष्ट्रिय वाणिज्य बैंकले कमायो ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा
वि.सं.२०७९ साउन २१ शनिवार १४:२३
3.1K
shares
काठमाडौं: राष्ट्रिय वाणिज्य बैंकले ५ अर्ब २१ करोड ४२ लाख रुपैयाँ खुद नाफा कमाएको छ । बैंकले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्ममा गत आर्थिक वर्षको भन्दा ३७.३८ प्रतिशले नाफामा वृद्धि गर्दै अन्य वाणिज्य बैंकहरुभन्दा बढी कमाउन सफल भएको हो ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले यस्तो नाफा ३ अर्ब ७९ करोड ५४ लाख रुपैयाँ खुद कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी १७.२९ प्रतिशत र सञ्चालन मुनाफा ३७.६७ प्रतिशत, फि तथा कमिसन आम्दानी ६.८८ प्रतिशतले बढेसँगै बैंकको खुद नाफा बढ्न पुगेको हो ।
वि.सं.२०७९ साउन २१ शनिवार १४:२३




















