प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्तावमा छलफल हुने
वि.सं.२०७९ साउन २१ शनिवार १३:३६
3.5K
shares
काठमाडौं: प्रधानन्यायाधीश चालेन्द्र शम्शेर जबराविरुद्ध संसदमा दर्ता भएको महाभियोगमाथि छलफल अघि बढ्ने भएको छ ।
प्रतिनिधिसभाको आइतबार बस्ने बैठकमा प्रधानन्यायाधीश जबरामाथिको महाभियोग प्रस्तावमाथि छलफल हुने संसद् सचिवालय स्रोतले जनाएको छ ।
२०७८ फागुन १ मा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका ९८ सांसदको हस्ताक्षरसहित संसद सचिवालयमा राणा विरुद्ध महाअभियोग दर्ता गरेका थिए ।
सचिवालयमा दर्ता भएको लामो समय बित्दा पनि महाभियोग प्रस्ताव अघि बढेको थिएन ।
संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, कार्यक्षमता अभाव, खराब आचरण, इमान्दारपूर्वक पदीय कर्तव्य पालना नगरेको र आचारसंहिता गम्भीर उल्लंघन गरेको लगायत २१ आरोप लगाएर राणामाथि महाभियोग दर्ता गरिएको थियो ।
फागुन २२ गते बसेको प्रतिनिधिसभा बैठकले प्रधानन्यायाधीश जबरामाथि लगाइएको महाभियोगको छानबिन गर्न संविधानको धारा १०१ अनुसार ११ सदस्यीय ‘महाभियोग सिफारिस समिति’ गठन गरेको थियो ।
वि.सं.२०७९ साउन २१ शनिवार १३:३६




















