नुवाकोट बेलकोटगढी केन्द्रविन्दु बनाएर ५ दशमलव ३ रेक्टरको भूकम्प
वि.सं.२०७९ साउन २१ शनिवार ०६:२३
4.1K
shares
काठमाडौं: नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर आज विहान ५ बजेर २६ मिनेटमा भूकम्प गएको छ । ५ दशमलव ३ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी गराएको छ ।
भूकम्पको धक्का नुवाकोट, धादिङ्, काठमाडौंसहित कयौं जिल्लामा गरिएको छ । भूकम्पको धक्काले सुतेका मानिसहरु एकाविहानै उठेका थिए ।
यसअघि साउन १५ गते बिहान ८:१३ बजे खोटाङको साकेला गाउँपालिका ५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियो ।
वि.सं.२०७९ साउन २१ शनिवार ०६:२३




















