पर्यटन मन्त्रालयका उपसचिव ६ लाख घुससहित पक्राउ
वि.सं.२०७९ साउन १७ मंगलवार १९:१७
4.4K
shares
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई ६ लाख रुपैयाँ घुससहित पक्राउ गरेको छ ।
पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नाग पोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको हो ।
नेपाल मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको प्रमुखको जिम्मेवारीमा थिए ।
वि.सं.२०७९ साउन १७ मंगलवार १९:१७



















