नेकपा महासचिव ‘विप्लव’ र ‘प्रकाण्ड’ विरुद्ध पक्राउ पुर्जी जारी
वि.सं.२०७९ साउन १६ सोमवार १०:१०
4.4K
shares
काठमाडौं: ललितपुर जिल्ला अदालतले नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ लगायतका नेतालाई पक्राउ पुर्जी जारी गरेको छ ।
अदालतले विप्लवविरुद्ध ३५ दिने पक्राउ पुर्जी जारी गरेको सूचना आज सार्वजनिक गरेको हो ।
हातहतियार तथा खरखजाना, विष्फोटक पदार्थ विष्फोटन गराई कर्तव्य ज्यान र राज्यविरुद्धको अपराध गरेको आरोपमा पक्राउ पुर्जी जारी गरिएको सूचनामा उल्लेख छ ।
यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र अदालतमा उपस्थित हुन भनिएको छ । अन्यथा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६५ बमोजिम हुने चेतावनी पनि दिइएको छ ।

वि.सं.२०७९ साउन १६ सोमवार १०:१०



















