YouTube Link

अफगानिस्तानलाई ११ रनले पराजित गर्दै आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतको रोमान्चक जित

World Cup 2026
Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अफगानिस्तानविरुद्ध भारतले रोमान्चक जित दर्ता गरेको छ । साउथह्याम्टनमा शनिबार भएको खेलमा भारतले अफगानिस्तानलाई ११ रनले पराजित गरेको हो ।

भारतले दिएको २२५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान १ बल बाँकी रहदा २१३ रन जोड्दै अलआउट भयो । अन्तिम ओभरमा मोहमद शामीले ह्याट्रिक विकेट लिँदै भारतलाई रोमान्चक जित दिलाए । अफगानिस्तानका लागि मोहमद नाबीले ५२ रनको अर्धशतकीय इनिङ्स खेलेपनि टिमलाई जित दिलाउन सकेनन् । यस्तै रहमत साहले ३६ तथा गुल्बादीन नाबीले २७ रन बनाए । हास्मतउल्लाह शाहिदी र नाजिबउल्लाह जाड्रनले समान २१/२१ रन बनाए ।

अफगानिस्तानलाई सस्तैमा समेट्न भारतका शामीले ह्याट्रिक सहित चार विकेट लिए । यस्तै जस्प्रित बुम्राह, युजभेन्द्र चहल र हार्दिक पाण्डयले २/२ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २४ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहलीले सर्वाधिक ६७ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै केदार जाधबले ५२ रन बनाए । रोहित शर्मा एक रनमा पवोलियन फर्किएको खेलमा के एल राहुल ३०, विजय शंकर २९, महेन्द्र सिंह धोनीले २८ रन बनाएर आउट भए ।

अफगानिस्तानका मोहमद नाबी र गुलाबदिन नाइबले समान २-२ विकेट लिए । यस्तै मुजिब उर रहमान, रहमत शाह, राशिद खान र अफताब आलमले समान १-१ विकेट हात पारे । जितसंगै भारतले ५ खेलबाट ९ अंक जोडेको छ । र, चौंथो जित निकालेको भारत तालिकाको तेस्रो स्थानमा छ । अफगानिस्तानको यो लगातार छैटौं हार हो । लिगको पुछारमा रहेको अफगानिस्तानले अंक जोड्ने सकेको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...