प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आज मंहगी बिरुद्ध जनप्रदर्शन गर्ने
वि.सं.२०७९ साउन १६ सोमवार ०९:१९
3.8K
shares
काठमाडौं: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले सरकारले महङ्गी नियन्त्रणमा कुनै कदम नचालेको भन्दै काठमाडौंमा आज वृहत जनप्रदर्शन गर्ने भएको छ ।
दिउँसो २ बजे जनप्रदर्शन सुरू हुने एमालेले जनाएको छ ।
गठबन्धन सरकारको एक वर्षमा पनि खाद्यवस्तुलगायतको चर्को मूल्य वृद्धिका साथै हरेक क्षेत्रमा महंगीका कारण नागरिकको जीवन कष्टकर बनेको भन्दै एमालेले आज वसन्तपुरमा जनप्रदर्शन गर्न लागेको हो ।
वसन्तपुरबाट शुरू हुने र्यालीमा उपत्यका विशेष प्रदेश कमिटी, पार्टीका केन्द्रीय विभागहरू, सांसदहरू, उपत्यकामा पार्टीबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरू, सम्पर्क मञ्चहरू र जनसहभागिता रहनेछ ।
वि.सं.२०७९ साउन १६ सोमवार ०९:१९



















