YouTube Link

यसरी मनायो बागमती प्रदेशले इन्जिनियर दिवस

Facebook Link

 

काठमाडौं: नेपाल इन्जिनियरिङ एसोसियशन, बागमती प्रदेशले आफ्नो ६०औं इन्जिनियर दिवसको उपलक्ष्यमा विविध कार्यक्रम गरी मनाएको छ ।

 

एसोसियशनको प्रदेश कमिटिले नेईए वागमती प्रदेशको पहल, इन्जिनियर भ्रातृत्व तथा स्वास्थ्यको लागि फुटसल भन्ने नाराका साथ फुटसल प्रतियोगिताको आयोजना गरेको थियो ।

 

एसोसिएशनको वागमती प्रदेशभित्र रहेका विभिन्न इन्जिनियरिङसँग सम्बन्धित ४७ वटा संस्थाहरुले फुटसलमा भाग लिएका थिए ।

 

प्रतियोगितामा इगल सोसुसनले पहिलो स्थान प्राप्त गरी ४० हजार नगद, शिल्ड र प्रमाणपत्र हात पारेको थियो भने दोस्रो हुने महारुद्र केयुले २० हजार नगद, शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो ।

 

प्रतियोगितामा केईसी अल्मुनाईले तेस्रो स्थानमा चित्त बुझाई १० हजार नगद, शिल्ड र प्रमाणपत्र पाएको थियो ।

 

प्रतियोगितामा केईसी अल्मुनाईका बुद्धिहिरा पौडेलले सर्वाधिक १२ गोल हानेका थिए भने महारुद्र केयुका रफिम श्रेष्ठ उत्कृष्ट गोलकिपरमा छनौट भएका थिए ।

 

प्रतियोगिता भरीकै उत्कृष्ट खेलाडी भने इगल सोलुसनका नागेन्द्र महतरा भएको आयोजक कमिटिका सदस्य इन्जिनियर तथा एसोसिएशनका सदस्य गौरब पौडेलले जानकारी दिए ।

 

विजयी प्रतियोगीहरुलाई वागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । पुरस्कार वितरण समारोहमा मन्त्री श्रेष्ठले यस्ता प्रतियोगिताहरुले भाइचारा अभिबृद्धि भई पेशागत समस्याहरु हल गर्नका लागी सहयोग हुने बताए । उनले आगामी दिनहरुमा पनि यस्ता कार्यक्रमहरु आयोजना गरेर इन्जिनियरहरुको संगठनलाई मजबुत बनाउन आग्रह गरे ।

 

कार्यक्रममा सभापति एसोसिएशन वागमती प्रदेशका अध्यक्ष रोहिणी पौडेलले खेलकुदको माध्यमबाट इन्जिनियरहरुलाई एकत्रित गर्ने प्रयास गरेको बताए । उनले प्रतियोगितामा सहभागिता हेर्दा आफु उत्साहित भएको बताउदै आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिदै इन्जिनियरहरुलाई एक ढिक्का बनाउदै लाने प्रतिबद्धता व्यक्त गरे ।

 

पुरस्कार वितरण कार्यक्रम संचालन एसोसिएसनका सचिव दिनेश न्यौपानेले गरेका थिए । असार ३१ देखि साउन १ गतेसम्म तीन दिनसम्म भएको प्रतियोगितामा इम्पिरिकल इन्जिनियरिङ कन्सल्टटेन्सी, भूमी इन्जिनियरिङ कन्सोट्युम, स्वोथ ल्याब, टिम नेपाल, टेस्लाटेक लगायतका संस्थाहरुले सहयोग गरेका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...