YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया शीर्ष स्थानमा उक्लियो

World Cup 2026
Facebook Link

एजेन्सी: इंग्ल्याण्डमा जारी १२औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा अष्ट्रेलिया शीर्ष स्थानमा उक्लिएको छ ।

बिहीबार भएको खेलमा बंगलादेशलाई ४८ रनले पराजित गर्दै अष्ट्रेलिया अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो । इंग्ल्याण्डको नटिङघममा अष्ट्रेलियाले दिएको ३ सय ८२ रनको फराकिलो लक्ष्यसहित जवाफी ब्याटिङ गरेको बंगलादेशले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर ३ सय ३३ रन मात्र बनाउन सक्यो । बंगलादेशका मुस्फिकर रहिमले शतकीय इनिङ्स खेलपनि टोलीलाई जित दिलाउन सकेनन् । अविजित रहेका उनले १०२ रन बनाए । यस्तै ममुदउल्लाहले ६९ तथा तमिम इकबालले ६२ रनको अर्धशतकीय इनिङ्स खेले । त्यस्तै शकिब अल हसनले ४१ रन बनाउँदा लिटोन दासले २० रन बनाए ।

टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभर खेल्दै ५ विकेट गुमाएर ३८१ रन बनायो । अष्ट्रेलियाका लागि ओपनर डेभिड वार्नरले विष्फोटक ब्याटिङ गर्दै शतकीय इनिङ्स खेले । १४७ बलको सामना गरेका वार्नरले ५ छक्का र १४ चौकाको मद्दतमा १६६ रन बनाए । यस्तै उस्मान ख्वाजाले ८९ रन जोड्दा ओपनर तथा कप्तान आरोन फिन्चले ५३ रनको अर्धशतकीय इनिङ्स खेले । जितसंगै शीर्ष स्थानमा उक्लिएको अष्ट्रेलियाले ६ खेलबाट ५ जित र १ हारसहित १० अंक जोडेको छ । पाँचौ स्थानको बंगलादेशको यो तेस्रो हार हो । बंगलादेशले ६ खेलबाट ५ अंक जोडेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

ओमानलाई हराउँदै नेपाल एसियन गेम्सको फाइनलमा

वि.सं.२०८३ जेठ २४ आइतवार १३:०६

काठमाडौं: नेपाल एसियन गेम्स पुरुष क्रिकेट छनोट प्रतियोगिताको फाइनलमा पुगेको...

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

फाइनल प्रवेशका लागि नेपालले बंगलादेशसँग खेल्दै

वि.सं.२०८३ जेठ २० बुधवार ११:०२

काठमाडौं: भारतको गोवामा जारी महिला साफ च्याम्पियनसिपको फाइनल प्रवेशका लागि...