कोरोना संक्रमितको संख्या बढ्दै, एकै दिन ९० जनामा संक्रमण पुष्टि
वि.सं.२०७९ असार २१ मंगलवार १७:१७
2K
shares
काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ९० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
मन्त्रालयका अनुसार १ हजार ९ सय ४४ जनाको पीसीआर परीक्षणमा ७३ जना र १ हजार १ सय ६८ जनाको एन्टीजेन परीक्षणमा १७ जना गरी ९० जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ सय १ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा २० जना कोरोना संक्रमणमुक्त भएका छन् ।
वि.सं.२०७९ असार २१ मंगलवार १७:१७




















