माओवादी केन्द्रको बैठक आज पनि बस्दै, अध्यक्ष प्रचण्डले पदाधिकारीको नाम प्रस्तुत गर्ने
वि.सं.२०७९ असार २२ बुधवार १०:३६
2K
shares
काठमाडौं: काठमाडौंमा जारी नेकपा माओवादी केन्द्रको बैठक आज पनि बस्दैछ ।
आजको बैठकमा अध्यक्ष प्रचण्डले पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरुको नाम प्रस्तुत गर्ने कार्यसूची छ ।
साथै अध्यक्षले पेश गरेको प्रतिवेदनमाथि सदस्यहरुले आफ्नो धारणा राख्ने छन् ।
माओवादी केन्द्रको बैठक आइतबारदेखि शुरु भएको हो । बैठकमा प्रचण्डले १० पृष्ठ लामो प्रतिवेदन पेश गरेका छन् ।
तर, हलबाट पदाधिकारी चयन हुनुपर्ने दबाव बढेपछि सोमबारको मंगलबारको बैठक स्थगन गरेर कार्यालयको बैठक डाकिएको थियो ।
मंगलबार खुमलटारमा बसेको कार्यालयको बैठकले पदाधिकारीको प्यानल तयार पार्ने जिम्मा प्रचण्डलाई सुम्पेको छ ।
माओवादीको महासचिवमा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ । तर चर्चामा आएका नामभन्दा बाहिरबाट पनि महासचिव बनाउन सकिने प्रचण्डले संकेत गरेका छन् ।
त्यस्तै बरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ स्वाभाविक दाबेदार हुन् भने कृष्णबहादुर महरा र मात्रिका यादवले समेत दाबी गरेका छन् ।
पदाधिकारी, स्थायी कमिटी र पोलिटब्युरोमा क–कसलाई राख्ने भन्नेबारे आज बिहान प्रचण्ड निवास खुमलटारमा कार्यालयको बैठक बसिरहेको छ ।
वि.सं.२०७९ असार २२ बुधवार १०:३६




















