Texas College
YouTube Link

नेप्से ४६.०८ अंकले घटेर दुई हजार ३०.५९ विन्दुमा पुगेर बन्द

Facebook Link

 

काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साताको तेस्रो कारोबारको दिन आज मंगलबार उच्च अंकले घटेको छ ।

 

आज नेप्से ४६.०८ अंकले घटेर दुई हजार ३० दशमलब ५९ विन्दुमा पुगेर बन्द भएको हो । सोमबार पनि नेप्से ९.७५ अंकले घटेर दुई हजार ७६ दशमलब ६७ विन्दुमा पुगेर बन्द भएको थियो ।

 

शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा २ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा ४ अर्ब ३४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

 

कारोबार भएका १७ कम्पनीको शेयरमूल्य बढेको छ भने १७५ कम्पनीको शेयरमूल्य घटेको छ । यसमध्ये दुई कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

 

सिवाईसी लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १५४३.९० रुपैयाँ पुगेको छ भने ङादी ग्रुप पावरको शेयरमूल्य आज ९.९७ प्रतिशतले बढेर प्रतिकित्ता ३१८.८० रुपैयाँ पुगेको छ ।

 

नेप्सेका अनुसार घलेम्दी हाइड्रोका लगानीकर्ताहरुले सर्वाधिक गुमाएका छन् । यसको शेयरमूल्य ६ प्रतिशत भन्दा बढीले घटेको छ ।

 

त्यस्तै, कारोबारको आधारमा आज सबैभन्दा बढी सानिमा बैंकको प्रोमेटर शेयरको भएको छ । यसको आज ३० करोड २० लाख भन्दा बढीको कारोबार भएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...