कम्पनी तथा फर्म नविकरण नगरेकाहरुलाई छुटको व्यवस्था
वि.सं.२०७९ असार १९ आइतवार १४:३१
2.5K
shares
काठमाडौं: सयमा नविकरण नगरेका फर्म तथा कम्पनीहरुलाई कम्पनी रजिष्टारको कार्यालयले छुटको व्यवस्था गरेको छ ।
आर्थिक वर्ष २०७६/७७ को वार्षिक विवरण नबुझाएका वा नवीकरण नगरेका फर्म, कम्पनीलाई पाँच प्रतिशत मात्रै बुझाए सबै जरिवाना छुट गरिदिने कम्पनीले जनाएको छ ।
कम्पनीले एक सूचना जारी गर्दै यस्तो जनाएको हो ।
उक्त सूचनामा भनिएको छ- ‘आर्थिक ऐन २०७९ को दफा २४ मा भएको प्रावधान अनुसार कम्पनी ऐन २०६३ बमोजिम दर्ता भएका फर्म तथा कम्पनीले २०७६/७७ सम्मको वार्षिक विवरण नबुझाएका वा नवीकरण नगरेका फर्म तथा कम्पनीले चालु आव २०७९ को पुस मसान्तभित्र विवरण र जरिवाना तथा शुल्कको पाँच प्रतिशत मात्रै बुझाए बाँकी जरिवाना तथा शुल्क मिनाहा हुनेछ ।’
वि.सं.२०७९ असार १९ आइतवार १४:३१



















