नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडियन क्लब ओन्टारियोसँग खेल्दै
वि.सं.२०७९ असार १७ शुक्रवार ०८:१९
3.1K
shares
काठमाडौं: नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज क्यानडाको स्थानीय क्लब ओन्टारियोविरुद्ध एकदिवसीय सिरिजका लागि अभ्यास खेल खेल्दैछ ।
ओन्टारियो नेपालका पूर्व राष्ट्रिय क्रिकेटर नरेश बुढाऐरको कप्तानीमा मैदान उत्रने छन् । यस पछि नेपालले क्यानडाको राष्ट्रिय टोलीसँग दुई खेलको एकदिवसीय सिरिज खेल्नेछ ।
नेपाल र क्यानडाबीचको पहिलो एकदिवसीय जुलाई ४ र दोस्रो एकदिवसीय जुलाई ५ मा हुनेछ । त्यसपछि नेपालले स्कटल्याण्डमा विश्वकप लिग टू अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिज खेल्नेछ ।
नेपालले स्कटल्याण्डमा लिग टू अन्तर्गत घरेलु टोली र नामिबियासँग खेल्नेछ ।
क्यानले क्यानडा र स्कटल्याण्ड भ्रमणका लागि सन्दीप लामिछानेको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरिसकेको छ ।
वि.सं.२०७९ असार १७ शुक्रवार ०८:१९




















