YouTube Link

नबिल बैंकमा चार जना नायव प्रमुख कार्यकारी अधिकृत हुने

Facebook Link

काठमाडौं: नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्ति गरेपछि प्रमुख कार्यकारी अधिृकत ज्ञानेन्द्र ढुङ्गाना र अन्य चार जना नायव प्रमुख कार्यकारी अधिकृत हुने भएका छन् ।

नेपाल बंगलादेश बैंकका कार्यवाहक सीईओ भुपेन्द्र पाण्डे, नबिल बैंकका सुजितकुमार शाक्य, विनयकुमार रेग्मी र मनोज ज्ञवाली हुनेछन् ।

भुपेन्द्र पाण्डे पूर्वाधार विकास बैंक हुँदै नवील बैंक पुगेका हुन भने सुजितकुमार शाक्य ग्लोबल आइएमइ बैंक हुँदै नबिल बैंक पुगेका हुन ।

त्यस्तै, मनोज ज्ञवाली ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत हुँदै नबिल पुगेका हुन भने विनयकुमार रेग्मी भने नविल बैंकमा नै लामो समयदेखि कार्यरत छन् ।

ढुंगानाले असार १७ गतेबाट लागू हुने गरी नबिल बैंकको सीईओको कार्यभार सम्हाल्नेछन् । नेपाल बंगलादेशलाई गाभ्नको लागि नबिलले बुधबार मात्रै नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ ।

नेपाल बंगलादेश बैंकका कर्मचारीलाई नबिलमा जाँदा हालको पद सरह नै समायोजन गरिने भएको छ । दुबै बैंकको वित्तीय प्रणाली यहि असार मसान्तदेखि नै एकिकृत रुपमा नबिल बैंकका रुपमा कारोबार हुने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...