एसीसी महिला टी-20 च्याम्पियनसिपमा आज नेपाल र हङकङ भिड्दै
वि.सं.२०७९ असार ७ मंगलवार ०७:१६
काठमाडौं: मलेसियामा जारी एसीसी महिला टी-20 च्याम्पियनसिप अन्तर्गत नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ । नेपालले चौंथो खेलमा हङकङको सामना गर्न लागेको हो ।
हङकङविरुद्ध मैदान उत्रँदा नेपाल लगातार चौंथो जितको खोजीमा हुनेछ । नेपाल यस अघि नै सेमिफाइनल प्रवेश गरिसकेको छ ।
नेपालले हङकङसँग दुई खेल खेलेको छ । जसमा नेपालले एक जित र एक हार व्यहोरेको छ ।
समूह ‘बी’ मा रहेको नेपाल शीर्ष स्थानमा रहेको छ । नेपालले ३ खेलमा ६ अंक जोडेको छ । २ खेलमा ४ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
यस अघि नेपालले भुटानलाई ५० रन, कुवेतलाई २५ रन र बहराइनलाई ८ विकेटले हराएको थियो ।
च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।
समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी-20 एसिया कप क्रिकेटमा छनोट हुनेछ ।
वि.सं.२०७९ असार ७ मंगलवार ०७:१६