YouTube Link

डिल्लीबजार कारागारमा बाबुराम भट्टराई र रेशम चौधरीबीच भेट

Facebook Link

 

काठमाडौं: पूर्व प्रधानमन्त्री जसपा संघिय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र रेशम चौधरीबीच डिल्लीबजारस्थित कारागारमा भेटवार्ता भएको छ ।

 

शनिबार बिहानै चौधरीलाई भेट्न कारागार पुगेका भट्टराईले टिकापुर घटना राजनैतिक घटना रहेको भन्दै सरकारले त्यही ढंगले निरुपण गर्नुपर्ने बताएका थिए ।

 

भट्टराईलाई चौधरीले टिकापुर घटनामा निर्दोष थारुहरुलाई फसाइएको गुनासो गरेका थिए । उनीहरु दुबैबीच करिब ४५ मिनेट भेटवार्ता भएको थियो ।

 

२०७२ साल भदौ ७ गते टिकापुर घटना ८ प्रहरी र १ नाबालकको ज्यान गएको थियो । उक्त घटनामा जिल्ला अदालत र उच्च अदालतले रेशम चौधरीलाई दोषी ठहर गरेको छ । चौधरीले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

 

आज भट्टराईसँगको भेटघाटमा पनि चौधरीले त्यही प्रष्ट पारेका थिए । आज भट्टराईको जन्मदिन समेत परेको थियो । चौधरीले भट्टराईलाई जन्मदिनको शुभकामना समेत दिएका थिए ।

 

जेलभित्र रहेका रेशम चौधरीलाई भेट्न हिजो मात्र सिके राउत पुगेका थिए ।

 

भेटमा भट्टराई र चौधरीसँगै नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ पनि सहभागी थिइन । उनी चौधरीको धर्मपत्नी हुन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...