‘मिस नेपाल २०२२’ को फाईनल आज
वि.सं.२०७९ असार ४ शनिवार १२:३६
2.6K
shares
काठमाडौं: ‘मिस नेपाल २०२२’ को ग्रान्ड फिनालेको आयोजना आज ललितपुरको गोदावरीमा हुँदैछ ।
कोरोना महामारीको कारण अघिल्लो २ वर्षमा रोकिएको मिस नेपालको ग्रान्ड फिनाले यसपालि भौतिक उपस्थितिमा आयोजना हुन लागेको हो ।
बेलुका गोदावरीमा हुने ग्रान्ड फिनालेमा २४ जना सुन्दरीले ताजका लागि प्रतिस्पर्धा गर्दैछन् ।
८ सय जना सहभागी मध्ये २४ जना फाइनलका लागि छानिएका छन् । ९ वटा सव-टाइटलको विजेतासमेत घोषणा हुने तयारी छ ।
यसपटक मिस नेपाल वर्ल्ड, मिस नेपाल इन्टरनेसनल र मिस नेपाल अर्थ छानिने छन् ।
आजको फिनालेमा नीति शाहसहित ११ जना निर्णायकको रुपमा रहनेछन् ।
बिजेतालाई मिस नेपाल नम्रता श्रेष्ठले ताज पहिर्याइदिनेछिन् ।
वि.सं.२०७९ असार ४ शनिवार १२:३६




















