Texas College
YouTube Link

ऋणपत्र निष्कासन गर्दै सानिमा बैंक

Facebook Link

 

काठमाडौं: सानिमा बैंकले असार १० गतेदेखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले प्रति ईकाइ एक हजार रुपैयाँको दरमा ५० लाख ईकाइ ऋणपत्र जारी गर्न लागेको हो ।

 

यसमध्ये ३० लाख ईकाइ बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ । बाँकी २० लाख ईकाई सर्वसाधारणका लागि खुला हुनेछ ।

 

ऋणपत्रमा सामूहिक लगानी कोषबाट कुनै पनि आवेदन नपरेकाले २० लाख इकाइ नै सर्वसाधारणलाई निष्कासन गर्ने कम्पनीले जनाएको छ ।

 

सानिमाले १० वर्ष अवधिको ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ जारी गर्न लागेको हो । यसमा वार्षिक १०.२५ प्रतिशत ब्याजदर दिने बैंकले जानकारी दिएको छ । बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्टले गर्ने र यस ऋणपत्रमा असार १४ गतेसम्म आवेदन दिन पाइनेछ ।

 

उक्त समयसम्म सबै ऋणपत्र बिक्री नभएमा भने २४ असारसम्म खुला रहनेछ । न्यूनतम २५ इकाइदेखि अधिकतम २० लाख इकाईसम्म आवेदन दिन सकिनेछ । यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयरमार्फत अनलाइनबाट आवेदन दिन सकिनेछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब नाघ्यो

वि.सं.२०८२ चैत ४ बुधवार ११:१०

काठमाडौं: चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म आइपुग्दा नेपालको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

आगामी चैतमा ‘ग्लोबल मनी विक’ मनाउने तयारीमा नेपाल राष्ट्र बैंक

वि.सं.२०८२ फागुन ११ सोमवार १५:४३

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी चैतमा ग्लोबल मनी विक...

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

नेशनल लाईफ इन्स्यारेन्सको ३९औं बार्षिकोत्सव सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:३६

काठमाडौं: नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लि. ले आफ्नो ३९औं बार्षिकोत्सव...

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको ‘मिट द च्याम्पियन्स’ कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन ११ सोमवार १५:२३

काठमाडौं: सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘मिट द च्याम्पियन्स’...