YouTube Link

दिवसीय विश्वकप क्रिकटमा घरेलु टोली ईङ्ल्याण्डको फराकिलो जित

World Cup 2026
Facebook Link

एजेन्सी: अफगानिस्तानलाई हराउँदै ईङ्ल्याण्ड आईसीसी विश्वकप क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । मंगलबार भएको खेलमा घरेलु टोली ईङ्ल्याण्डले अफगास्तिानविरुद्व १५० रनको फराकिलो जित निकालेको हो । ३९८ रनको उच्च लक्ष्य पछ्याएको अफगानिस्तानले ८ विकेट गुमाएर २४७ रन मात्र बनाउन सक्यो ।

अफगानिस्तानलाई दबाबमा राख्दै ईङ्ल्याण्डका जोफ्रा आर्चर र अदिल रसिदले समान ३-३ विकेट लिए । मार्क उडले २ विकेट हात पारे । म्यानचेस्टरको ओल्ड ट्राफोर्डमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ५० ओभरमा ६ विकेट गुमाएर ३९७ रनको फराकिलो स्कोर बनायो । इंग्ल्याण्डले बनाएको यो स्कोर जारी विश्वकपकै सर्वाधिक ठुलो स्कोर हो ।

इंग्ल्याण्डको फराकिलो स्कोरमा कप्तान इयान मोर्गनले कीर्तिमानी प्रदर्शन गरे । विस्फोटक ब्याटिङ गरेको मोर्गनले ७१ बलमा १४८ रनको शतकीय इनिङ्स खेले । जसमा उनले १७ छक्का प्रहार गरे । जुन एकदिवसीय क्रिकेटको एकै इनिङ्समा एक खेलाडीले प्रहार गरेको सर्वाधिक छक्का हो । यस्तै जोय रुट र जोनी बेरस्टोले अर्धशतक बनाए । रुटले ८८ रन बनाउँदा बेरस्टो ९० रन जोडे । मोइन अली ३१ रनमा अविजित रहदा जेम्स भिन्सले २६ रन बनायो ।

अफगानिस्तानका डलाट जड्रान र गुल्बादीन नाइबले ३/३ विकेट लिए । ईङ्ल्याण्डले ५ खेलबाट ४ मा जित र एकमा हार सहित ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । समान अंक भएपनि रनरेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ । अंक विहिन अफगानिस्तान तालिकाको पुछारमा छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...