YouTube Link

ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकियो, पेरुद्वारा बोलिभिया ३-१ गोल अन्तरले पराजित

Facebook Link

एजेन्सी: कोपा अमेरिका फुटबलमा ब्राजिलले भेनेजुएलासँग बराबरी खेलेको छ । आज बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलासँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

ब्राजिलले खेल अवधिभर बल पोसेसन र आक्रमणमा पकड बनाएपनि गोल गर्न नसक्दा अंक बाँड्नुपरेको हो । ब्राजिलले तीन पटक बल पोस्टभित्र छिराएपनि पटक-पटक फरवार्ड रोबर्टो फिर्मिनोको कारण गोल मान्य भएको थिएन । पहिलो हाफको ३९औं मिनेटमा कप्तान ड्यानी आल्भेसको क्रसमा फिर्मिनोले गोल गरेपनि त्यसक्रममा उनले डिफेन्डर भिलानुएभालाई फल गरेपछि रेफ्रीले गोललाई मान्यता दिएनन् ।

दोस्रो हाफको ६० औं मिनेटमा ब्राजिलले गोल गरेको भन्दै खुसियाली पनि मनायो । फरवार्ड ग्यब्रिएल जेससले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहारलाई फिर्मिनोले रोक्दै रिबाउन्डमा जेससले नै गोल गरेका थिए । तर रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै फिर्मिनो अफसाइड रहेको निर्णय दिए ।

बराबरीसँगै ब्राजिलले अंक तालिकामा २ खेलमा १ जित र १ बराबरीका साथ शीर्षस्थान कायम राखेको छ । आजै भएको अर्को खेलमा पेरुले बोलिभियालाई ३-१ ले पराजित गर्दै दोस्रो स्थान हासिल गरेको छ । अब समूह विजेता छिनोफानोका लागि अन्तिम खेलमा ब्राजिल र पेरु भिड्नेछन् । ब्राजिल र पेरुको ४-४ अंक तथा भेनेजुएलाको २ र बोल्भिया अंकविहिन छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

गायक विजय थापाको ‘आँसु बिक्ने सहर’ को म्युजिक भिडियो सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ भदौ २ मंगलवार १२:३०

काठमाडौं: गायक विजय थापाको सुमधुर आवाजमा 'आँसु बिक्ने सहर' गीतको...

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

भारतीय सेनाध्यक्ष धिरज सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट्दै

वि.सं.२०८३ भदौ २ मंगलवार १०:३०

काठमाडौं: भारतीय सेनाध्यक्ष धिरज सेठले आज प्रधानमन्त्री एवं रक्षामन्त्री बालेन्द्र...

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

जन आकाश मिडियाको १९औँ वार्षिकोत्सव सम्पन्न

वि.सं.२०८३ भदौ १ सोमवार १७:२२

काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा पूर्वउपसभामुख इन्दिरा रानामगरको प्रमुख आतिथ्यमा जन...

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

भारतीय सेनाप्रमुख धीरज सेठ नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने

वि.सं.२०८३ साउन ३१ आइतवार ११:४१

काठमाडौं: नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलको निमन्त्रणामा भारतीय सेनाका प्रमुख...