YouTube Link

ब्राजिल भेनेजुएलासँग बराबरीमा रोकियो, पेरुद्वारा बोलिभिया ३-१ गोल अन्तरले पराजित

Khanepani Dhal
Facebook Link

एजेन्सी: कोपा अमेरिका फुटबलमा ब्राजिलले भेनेजुएलासँग बराबरी खेलेको छ । आज बिहान भएको खेलमा ब्राजिलले भेनेजुएलासँग गोल रहित बराबरी खेल्दै अंक बाँडेको हो ।

ब्राजिलले खेल अवधिभर बल पोसेसन र आक्रमणमा पकड बनाएपनि गोल गर्न नसक्दा अंक बाँड्नुपरेको हो । ब्राजिलले तीन पटक बल पोस्टभित्र छिराएपनि पटक-पटक फरवार्ड रोबर्टो फिर्मिनोको कारण गोल मान्य भएको थिएन । पहिलो हाफको ३९औं मिनेटमा कप्तान ड्यानी आल्भेसको क्रसमा फिर्मिनोले गोल गरेपनि त्यसक्रममा उनले डिफेन्डर भिलानुएभालाई फल गरेपछि रेफ्रीले गोललाई मान्यता दिएनन् ।

दोस्रो हाफको ६० औं मिनेटमा ब्राजिलले गोल गरेको भन्दै खुसियाली पनि मनायो । फरवार्ड ग्यब्रिएल जेससले पेनाल्टी क्षेत्रको ठिक भित्रबाट गरेको प्रहारलाई फिर्मिनोले रोक्दै रिबाउन्डमा जेससले नै गोल गरेका थिए । तर रेफ्रीले भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) को सहायता लिँदै फिर्मिनो अफसाइड रहेको निर्णय दिए ।

बराबरीसँगै ब्राजिलले अंक तालिकामा २ खेलमा १ जित र १ बराबरीका साथ शीर्षस्थान कायम राखेको छ । आजै भएको अर्को खेलमा पेरुले बोलिभियालाई ३-१ ले पराजित गर्दै दोस्रो स्थान हासिल गरेको छ । अब समूह विजेता छिनोफानोका लागि अन्तिम खेलमा ब्राजिल र पेरु भिड्नेछन् । ब्राजिल र पेरुको ४-४ अंक तथा भेनेजुएलाको २ र बोल्भिया अंकविहिन छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

काठमाडौं लगायत देशका धेरै स्थानमा उकालो लाग्दै तापक्रम

वि.सं.२०८१ माघ १० बिहीवार ०७:५७

काठमाडौं: काठमाडौं उपत्यकालगायत देशका धेरै स्थानमा तापक्रम बढ्न थालेको छ...

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ १० गते बिहीबार तपाईको राशिफल

वि.सं.२०८१ माघ १० बिहीवार ०७:२३

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

२४औँ स्थापना दिवस भव्यताका साथ मनाउँदै सशस्त्र प्रहरी बल

वि.सं.२०८१ माघ ९ बुधवार १०:२७

काठमाडौं: वि.सं. २०५७ साल माघ ९ गते स्थापना भएको सशस्त्र...

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ माघ ९ गते बुधबार तपाईको राशिफल

वि.सं.२०८१ माघ ९ बुधवार ०७:४६

मेष - Aries चु, चे, चो, ला, लि, लु, ले,...

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

कसरी दिन सकिन्छ पाँच लाख बराबरको स्वास्थ्य बिमा सेवा ?

वि.सं.२०८१ माघ ८ मंगलवार १०:५२

काठमाडौं: स्वास्थ्य बिमा रकम पाँच लाख बनाउन लागेको विषय अहिले...

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

अमेरिका डब्ल्यूएचओ र पेरिस जलवायु सम्झौताबाट बाहिरिएको घोषणा

वि.सं.२०८१ माघ ८ मंगलवार १०:३३

काठमाडौं: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)बाट अलग...