YouTube Link

आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशको शानदार जित

Facebook Link

एजेन्सी: आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा बंगलादेशले वेष्ट इण्डिजलाई पराजित गरेको छ । टाउनटनमा सोमबार भएको खेलमा बंगलादेशले उपाधि दाबेदार वेष्ट इण्डिजलाई ७ विकेटले पराजित गरेको हो । कोपर एसोसियट्स काउन्टी मैदानमा वेष्ट इण्डिजले दिएको ३२२ रनको लक्ष्य बंगलादेशले ४१ ओभर ३ बलमा मात्र ३ विकेट गुमाएर पुरा गर्यो । बंगलादेशको जितमा शकिब अल हसनले अविजित रहँदै १२४ रनको शतकीय इनिङ्स खेले । उनले ९९ बलमा १६ चौका प्रहार गरे । शकिबको यो जारी विश्वकपमा दोस्रो शतक हो ।

यस्तै अर्धशतकीय इनिङ्स खेलेका लिटोन दास ९४ रनमा अविजित रहे । तमिम इकवालले ४८ तथा सौम्य सरकारले २९ रन बनाए । वेष्ट इण्डिजका आन्द्रे रसेल र ओसाने थोमसले १/१ विकेट लिए ।

टस हारेर पहिले ब्याटिङ गरेको वेष्ट इण्डिजले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३२१ रन बनाएको थियो । वेष्ट इण्डिजका लागि साई होपले ९६ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै इभिन लुइसले ७० तथा सिम्रन हिट्मायरले ५० रनको अर्धशतकीय इनिङ्स खेले । बंगलादेशका मुस्थाफिजुर रहमान र महमद सैफदिनले समान ३/३ विकेट हात पारे । यस्तै शाकिब अल हसन २ विकेट लिए । वेष्ट इण्डिजलाई हराएसंगै बंगलादेशले प्रतियोगितामा दोस्रो जित निकालेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...