YouTube Link

कुमारी आमा निहारिकाको त्यो ‘अड्डी’

Facebook Link

 

काठमाडौँ : बलात्कारको शिकार भई कुमारी आमा बन्न बाध्य निहारिका राजपुत यतिखेर सात बुँदे मागसहित आमरण अनसनमा छिन् । उनको ती माग हेर्दा लाग्छ सरकार कानमा तेल हालेर बसिरहेको छ ।

 

कानुन अन्धो हुन्छ त्यसले निष्पक्ष छानबिन गर्छ भन्ने आम मान्यता छ तर, त्यो कुरा निहारिकाको लागि लागू भएको छैन । उनलाई नै उल्टो दोषी करार गरिएको छ भने उनलाई बलात्कार गर्ने पुरुष खुलेआम रुपमा यही समाजमा डुलिरहेको छ ।

 

उता निहारिका भोकै आफ्नो माग पूरा गराउनका लागि यो वर्षाको समयमा वसन्तपुर डबलीमा आमरण अनसनमा बसेकी छिन् ।

 

आफू १७ वर्षकी हुँदा जनकपुरका शिवराज श्रेष्ठले नशालु पदार्थ खुवाएर बलात्कार गरेको उनको आरोप छ । बलात्कारपश्चात् रहेको गर्भबाट उनको छोरा जन्मियो । निहारिका ३ वर्षदेखि न्यायको लडाइमा छिन् ।

 

यससम्बन्धीको मुद्धालाई जिल्ला धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते आरोपितको पक्षमा फैसला गरेपछि उनले उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी छन् । गत फागुन १२ गते दर्ता भएको मुद्दामा अहिलेसम्म उच्च अदालतले पेसी नतोकेको उनको जनाएकी छिन् ।

नी भन्छिन्, यो लडाइँ म एक्ली निहारिका राजपूतको मात्रै होइन, हजारौं निहारिकाहरुको हो,’ उनले भनिन्, ‘म मर्न तयार छु, तर मेरो मृत्युले हजारौं निहारिकाहरुको जीवन बचाउनेछ भन्ने विश्वास छ ।’
यसरी आफ्नो प्राणको बाजी राखेर आमरण अनसनमा बसेकी निहारिकाको अड्ठीलाई हेर्दा उनले आफ्नो माग पूरा नगरी अनसन टुङ्ग्याउने देखिन्न ।

 

यस्ता छन् निहारिकाका माग:

१. बच्चाको डिएनए टेस्ट ।

२. कुमारी आमाको काखको बच्चालाई लात हानेर अपराधीको पक्षमा फैसला गर्ने न्यायाधीशको निष्पक्ष छानबिन ।

३. उच्च अदालतमा ४ महिनाअघि दर्ता भएको मुद्दाको यथाशीघ्र पेसी तोकियोस् ।

४. बलात्कारी खुलेआम हिँडिरहेको छ, प्रहरी प्रशासनले उसलाई तुरुन्त पक्राउ गरेर पुनः अनुसन्धान गर्नुपर्ने ।

५. घटनाको सुरुवातदेखि अनुसन्धान ।

६. फितलो अनुसन्धान गर्ने प्रहरी प्रशासन, प्रहरी अधिकृतहरु र काखको बच्चालाई बेवास्ता गरी गरी फैसला गर्ने न्यायाधीशको अनुसन्धान र छानबिन ।

७. एक्काइस महिने बच्चाको लालनपालन, हेरचाह, स्वास्थ्योपचार, शिक्षा आदि आधारभूत कुराहरु राज्यले सुनिश्चित गर्नुपर्ने ।

 

यही २७ गतेदेखि आमरन अनसनमा रहेकी उनलाई प्रहरीले चार घण्टा नियन्त्रणमा लिएर छोडेको छ । न्याय दिलाउनुको सट्टा यसरी मानसिक तनाब दिए पनि उनले हिम्मत भने हारेकी छैनन् ।

 

उनलाई हामी सबैको साथ र सहयोगको खाचो अहिले देखिएको छ । आफ्नै परिवारबाट समेत सहयोग नपाएकी उनको माग पूरा गराउन हामी पनि होस्तेमा हैसे गर्ने होईन त ?

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...