पेट्रोलको मूल्यसँगै बढ्यो गाडी भाडा
वि.सं.२०७९ जेठ २७ शुक्रवार १६:०२
2.1K
shares
काठमाडौँ : सरकारले सार्वजनिक यातायातको भाडा बढाएको छ । पेट्रोलको मूल्य बढाएसँगै सरकारले फेरी गाडी भाडामा वृद्धि गरेको हो ।
यातायात व्यवस्था विभागले शुक्रबार एक सूचना प्रकाशित गर्दै अन्तर प्रदेश यातायातका मालबाहक तथा यात्रुबाहक सवारीको भाडादर बढाएको जनाएको छ ।
यसअघि ११ जेठमा यात्रुबाहक सवारीको भाडा २ प्रतिशतले घटाएको थियो । अहिले यात्रु बाहकको २.५ प्रतिशतले भाडा बढेको विभागले जनाएको छ ।
त्यस्तै, पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.३ प्रतिशतले र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीको भाडा ३.७ प्रतिशतले बढेको छ ।
निगमले डिजेलको मूल्यमा एकै पटक १२ रूपैयाँ बढाएको थियो। विभागले इन्धनको मूल्य थपघटका आधारमा ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्दै आएको छ ।
वि.सं.२०७९ जेठ २७ शुक्रवार १६:०२




















