प्रहरीले चलाएको गोलीले नविनाको मृत्यु
वि.सं.२०७९ जेठ २४ मंगलवार ११:४४
1.6K
shares
काठमाडौँ : बाघको आक्रमणबाट स्थानीयहरु घाइते हुने भएपछि त्यसको सुरक्षाको माग गर्दै आन्दोलनमा उत्रिएकाहरुमाथि प्रहरीले फायर खोल्दा कक्षा १२ मा अध्ययनरत नविना थारुको मृत्यु भएको छ ।
स्थानीयले बाटो अवरुद्ध गरेको र खुलाउने क्रममा प्रहरीमाथि ढुंगामुढा भएपछि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । प्रहरीतर्फ हबल्दार पार्वता खड्कालगायतका घाइते भएका छन् ।
मृतक थारुको शवलाई अहिले अहिले बर्दिया जिल्ला अस्पताल गुलरियामा राखिएको छ । प्रदर्शनका क्रममा भएको दोहोरो झडपमा १८ प्रहरी घाइते भएका छन् । घाइतेमध्ये हल्वल्दार खड्काको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
सोमबार बिहान मधुवन नगरपालिका(२ छोट्की सोनाहाका ४१ वर्षीया अस्मिता थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । उनको हाल नेपालगञ्जमा उपचार भइरहेको छ ।
अस्मितालाई चितुवाले आक्रमण गरेपछि स्थानीयले बिहान साढे ११ बजेदेखि सुरक्षाको माग गर्दै हुलाकी राजमार्गमा पर्ने आरोली बजारमा सडक अवरुद्ध गरेका थिए । अवरुद्ध सडक खुलाउन पुगेको प्रहरीले बल प्रयोग गर्दा घटना भएको हो ।
वि.सं.२०७९ जेठ २४ मंगलवार ११:४४




















