YouTube Link

बढ्दो तापक्रमले देशभरको जनजीवन प्रभावित

Facebook Link

काठमाडौं: केही दिनदेखि बढिरहेको तापक्रमले तरार्इका जिल्लामा जनजीवन निकै कष्टकर बनेको छ । रुपन्देहीको भैरहवामा शनिबार बर्षकै सबै भन्दा बढी ४३ दशमलव ४ डिग्री मापन गरिएको थियो । तापक्रममा वृद्धिसँगै हावा पनि तातो चल्न थालेपछि बजार, शिक्षण संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । स्थानीय अस्पतालमा विरामीको चाप बढिरहेको छ ।

पूर्वको झापामा पनि तापक्रम ४० डिग्रीसम्म पुगेको छ । दैनिक ज्याला मजदुरी गर्ने र हिँडडुल गर्नेहरुलाई पनि गर्मीले समस्या भएको छ । उता, दाङमा पनि दुईदिन यताको तापक्रम ३९.९ डिग्री सेलसियस मापन गरिएको छ । गर्मीकै कारण रोगको सङ्क्रमण बढेपछि उपचारका लागि अस्पतालमा आउने बिरामीको संख्या बढेको छ । गत वर्षको तुलनामा यस वर्ष गर्मि अत्यधिक रेकर्ड गरिएको जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय दाङले जनाएको छ ।

यस्तै, तापक्रम ४२ डिग्रीसम्म पुगेपछि सर्लाहीको लालबन्दी, हरिवन, बागमती सहित मलंगवाको जनजिवन नराम्रो सगँ प्रभावित बनेको छ । गर्मी बढेसगैँ सामुदायिक तथा संस्थागत विद्यालय बन्द गरिएको छ । सप्तरीमा पनि अत्याधिक गर्मीका कारण जनजीवन कष्टकर बनेको छ । सदरमुकाम राजविराजमा केहि दिन यता तापक्रम ४० देखी ४३ सम्म पुगेपछि जनजीवन अस्तव्यत बनेको हो । अत्यधिक गर्मी बजार, कार्यालय र विद्यालय सबैमा चहल पहल घटेको छ । गर्मीकै कारण केही दिन यता घाउ खटीरा, टाइफाइड ज्वरो, झाडापाखाला लगायत रोगका विरामीको चाप ह्वातै बढेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

यस्तै, जनकपुरधाममा ४२ डिग्री सेल्सियस सम्मको तापक्रमले जीवन कष्टकर तुल्याएको छ । सडकहरु सुनसान देखिन्छन् भने अस्पतालमा चाप बढेको छ । चर्को घामसँगै तातो हावा चल्न थालेपछि वीरगञ्जमा पनि जीवन कठिन बनेको छ । वीरगञ्जको तापक्रम ४२ देखि ४४ डिग्रीसम्म छ । गर्मीले कठिन भएपछि जिल्लाका स्थानीय तहले असार १ देखि ६ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

रसुवा बाढीमा २९१ विदेशी पर्यटकसहित ३८४ यात्रु सम्पर्कविहीन

वि.सं.२०८३ भदौ १० बुधवार १६:५७

काठमाडौं: रसुवा बाढीमा परि २९१ विदेशी नागरिकसहित ३८४ जना यात्रु...

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

बाढीबाट प्रभावित स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गरिने

वि.सं.२०८३ भदौ १० बुधवार १६:३१

काठमाडौं: सरकारले बाढीबाट प्रभावित स्थानीय तहलाई तीन महिनाका लागि विपद्...

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

भन्सार प्रमुखसहित २६ जना सम्पर्कमा, १४ कर्मचारीको खोजी जारी

वि.सं.२०८३ भदौ १० बुधवार १६:१४

काठमाडौं: रसुवामा आएको भीषण बाढीपछि रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार...

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

१८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि सुरु

वि.सं.२०८३ भदौ ९ मंगलवार १४:४८

काठमाडौं: अटोमोबाइल प्रदर्शनीको १८औं संस्करणको नाडा अटो शो २०२६ आजदेखि...

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

विपद्को समयमा आदेशको प्रतिक्षा नगर्नु, आर्थिक पारदर्शितामा कठोर बन्नु : सप्रमनि पौड्याल

वि.सं.२०८३ भदौ ७ आइतवार १२:०३

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले विपद्को समयमा आदेशको प्रतिक्षा गरेर...

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

प्रधानमन्त्रीसँग मन्त्री र मुख्यसचिवबीच कार्यसम्पादन सम्झौता

वि.सं.२०८३ भदौ ३ बुधवार १७:४७

काठमाडौं: प्रधामन्त्री बालेन्द्र शाहसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेका छन् ।...