YouTube Link

लोकसेवा आयोगको विज्ञापन समावेशी नभएको भन्दै संसदमा सांसदहरुको विरोध

Facebook Link

काठमाडौं: पछिल्लो समय लोकसेवा आयोगले आह्वान गरेको विज्ञापन समावेशी नभएको भन्दै संसदमा लोकसेवा आयोगको विज्ञापनको सांसदहरुले विरोध गरेका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था समितिले आयोगको विज्ञापन रद्द गर्न निर्देशन नै दिएको छ । तर आयोग र विभागिय मन्त्रालय सामान्य प्रशासनले भने विज्ञापन संविधान र कानुनसम्मत भएको भन्दै स्थानिय तहसम्बन्धि विज्ञापनको बचाउ गरेका छन् । यस्तै विरोध र समर्थनका विच लोकसेवा आयोगले आइतबार आफ्नो स्थापनाको ६९ औं बर्षगाँठ मनाएको छ । लोकसेवा आयोगको स्थापना दिवसमा सरिक हुन पुगेकी राष्ट्रपति विद्यादेवि भण्डारीले लोकसेवा आयोगको खुलेरै प्रशंसा गरिन् ।

संवैधानिक अंगको रुपमा रहेको लोकसेवा आयोगले सार्वजनिक प्रशासनलाई अझै स्वच्छ, सुदृढ र जवाफदेही बनाउन महत्वपूर्ण भूमिका खेल्ने राष्ट्रपतिको अपेक्षा छ । संविधानले प्रादेशिक लोकसेवा आयोगको परिकल्पना गरे पनि प्रदेशस्तरमा आयोग गठन सम्बन्धि कानून नबन्दा समस्या देखिएको आयोगको भनाई छ ।

विज्ञापन सम्बन्धि विवादका विषयमा सत्तारुढ दल नेकपाका नेताहरुले नै फरक फरक धारणा राखिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले विवाद अदालतमा पुगेकाले अहिल्यै बोल्न नमिल्ने बताएका छन् । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले आयोगको विज्ञापनका विषयमा प्रधानमन्त्रीसँग छलफल गरि समस्याको निराकण गरिने बताइरहँदा प्रधानमन्त्रीको यस्तो अभिव्यक्तिले यो विषय अझै केही दिन लम्बिने देखिएको छ । त्यसो त सर्वोच्च अदालतले असार ३ गते यहिविषयमा छलफल गर्न पक्ष र विपक्षीलाई छलफलका लागि बोलाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

गत आर्थिक वर्षमा अन्नपूर्ण क्षेत्रमा १६९ देशका पर्यटकले गरे भ्रमण

वि.सं.२०८३ साउन ५ मंगलवार १२:०६

गण्डकी: गत आर्थिक वर्षमा १६९ देशका पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रमा...

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

अघिल्ला वर्षको कर मिनाहा गर्ने काठमाडौं महानगरको निर्णय

वि.सं.२०८३ साउन ५ मंगलवार ११:४४

काठमाडौं: काठमाडौं महानगरपालिका क्षेत्रभित्र यसअघि जुनसुकै समयदेखि सञ्चालनमा रहेका भए...

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

फिफा विश्वकप फुटबलको अवसरमा प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप {फोटो समाचार}

वि.सं.२०८३ साउन ४ सोमवार १६:३७

फिफा विश्वकप फुटबल-2026 को अवसर पारेर बक्स अफिस इन्टरनेसनल ग्रुपको...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

राष्ट्रिय एकताको भावनाले ओतप्रोत जनशक्तिका लागि एनसीसी तालिमको महत्व र माग झन् बढ्दै

वि.सं.२०८३ साउन ४ सोमवार १४:०९

देशभक्त, अनुशासित, राज्यप्रति उत्तरदायित्वबोध, जनसेवा र राष्ट्रिय एकताको भावना भएका...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...