Texas College
YouTube Link

सातवटै प्रदेशमा नयाँ बजेट सार्वजनिक

Facebook Link

काठमाडौं: सातवटै प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि नयाँ बजेट सार्वजनिक गरेका छन् ।

आइतबार सातवटै प्रदेशका प्रदेशसभामा नयाँ बजेट प्रस्तुत गरिएको हो । सातवटा प्रदेशमध्ये प्रदेश १ ले ४२ अर्ब, प्रदेश २ मा ३८ अर्ब, प्रदेश ३ मा ४७ अर्ब ८० करोड, गण्डकी प्रदेशमा ३२ अर्ब, प्रदेश ५ मा ३६ अर्ब, कर्णाली प्रदेशमा ३४ अर्ब र सुदुरपश्चिम प्रदेशमा २८ अर्ब बराबरको बजेट सार्वजनिक गरिएको छ ।

कर्णाली प्रदेशले आगामी वर्षका लागि ३४ अर्ब ३५ करोड ३४ लाखको बजेट ल्याएको छ । कुल बजेटको ६२ प्रशित अर्थात् २१ अर्ब २९ करोड पूँजीगततर्फ र ३८ प्रतिशत अर्थात् १३ अर्ब ५ करोड चालुतर्फ छुट्याएको छ ।

त्यस्तै ३२ अर्ब १३ करोडको बजेट ल्यएको गण्डकी प्रदेशले चालुतर्फ १२ अर्ब २८ करोड र पूँजीगततर्फ १९ अर्ब ८४ करोड बजेट विनियोजन गरेको छ ।

त्यस्तै प्रदेश पाँचले ३६ अर्ब ४१ करोड रुपैंयाँको प्रस्तावित बजेटमा चालु तर्फ ३६ दशमवलब ९४ प्रतिशत अर्थात् १३ अर्ब ४५ करोड र पूँजीगततर्फ ५१ दशमवलब १ प्रतिशत अर्थात् १८ अर्ब ५७ करोड तथा वित्तीय हस्तान्तरणतर्फ १२ दशमवलब ५ प्रतिशत छुट्याएको छ ।

त्यसैगरी प्रदेश एकले प्रस्तुत गरेको ४२ अर्ब २० करोडको बजेटमध्ये चालु तर्फ १८ अर्ब २० करोड र पुँजिगतर्फ २३ अर्ब ५७ करोड विनियोजन गरेको छ ।

त्यसैगरी प्रदेश दुई, तीन र सुदुरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा आगामी वर्षका लागि बजेट प्रस्तुत गरेका छन् ।

हरेक प्रदेशले चालुवर्षको भन्दा आगामी वर्षका लागि प्रस्तुत बजेटको आकार बढाएका छन् । अधिकाँश प्रदेशबाट प्रस्तुत बजेटमा चालुभन्दा पूँजीगत खर्चको अनुपात बढी छ । प्रदेश सरकारले आन्तरिक राजस्व, चालू आवमा खर्च नभएको बजेट, संघीय सरकारको राजस्व बाँडफाँड एवम् प्राकृतिक स्रोतको रोयल्टि बाँडफाँडबाट प्राप्त हुने रकम, वित्तीय समानीकरण अनुदानबाट प्राप्त हुने रकम र सशर्त अनुदानलाइ बजेटको स्रोतको रुपमा प्रस्तुत गरेका छन् ।।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...