Texas College
YouTube Link

हामी महिलाको जित भएको छ, काठमाडौंलाई विश्वकै पर्यटकीय सहर बनाउनेछु: सिर्जना सिंह

Facebook Link

 

काठमाडौं: आसन्न स्थानीय तह निर्वाचनका लागि पाँच दलीय गठबन्धनको चुनावी सभा सुरु भएको छ ।

 

गठबन्धनका काठमाडौं महानगरका प्रमुखका साझा उम्मेदवार सिर्जना सिंहले निर्वाचन जितेर गएपछि महानगरलाई महान् घर बनाउने लक्ष्य राखेको बताएकी छन् ।

 

रत्नपार्कस्थित शान्ति बाटिकामा आयोजित चुनावी सभा सम्बोधन गर्दै सिंहले काठमाडौं महानगरलाई महान् घर बनाउने लक्ष्य रहेको बताएकी हुन् ।

 

‘पार्टीले मलाई काठमाडौंको मेयरका लागि अघि सारेको छ । यो हामी महिलाको जित भएको छ । सबै महिला आन्दोलनका लागि गौरवको कुरा हो,’ सिर्जनाले भनिन्, ‘म जितेर गएपछि महानगरलाई महान् घर बनाउने लक्ष्य रहेको छ ।’

 

उनले काठमाडौंको सम्पदा, सभ्यता, संस्कृति बचाउन सधैं सक्रिय रहने प्रतिवद्धता पनि जनाइन् । सिर्जनाले महानगरको प्रमुख भएपछि सुशासन ल्याउनु पहिलो दायित्व हुने पनि बताइन् ।

 

‘महानगरपालिकामा सुशासन ल्याउनु मेरो पहिलो दायित्व हुनेछ । घरभित्र सुशासन भएन भने बाहिर ठूला–ठूला कुरा गर्नुको कुनै औचित्य हुन्न,’ उनले भनिन् ।

 

काठमाडौं महानगरमा ट्राफिक जाम, फोहोर समस्या विकराल बन्दै गएको भन्दै तिनलाई समाधानका लागि पहल गर्ने उनले बताइन् ।

 

महानगरका महिलालाई सीपमुलक तालिम दिएर आत्मनिर्भर बनाउने, विदुर पुरुषका लागि पनि विशेष राहत प्याकेज ल्याउने उनले प्रतिबद्धता जनाइन् ।

 

महिलाले उत्पादन गरेका वस्तुलाई प्रत्येक वडामा कोसेली घर बनाएर बजारको व्यवस्थापन गर्ने, युवा वर्गका लागि विशेष योजना बनाउने बताइन् । ‘प्रत्येक वडामा ज्येष्ठ नागरिक भवन बनाएर ज्येष्ठ नागरिकका लागि दिनचर्या कटाउन सहज बनाउने छु,’ उनले भनिन्, ‘७७ जिल्लाकै बासिन्दा बसोबास गर्ने सहर हो यो । काठमाडौंको आफ्नै मौलिक परम्परा छ । त्यसलाई उजागर गर्न सधैँ ध्यान दिनेछु । विश्व सम्पदा सूचीमा परेको सहर हो यो । ऐतिहासिक सभ्यताका यस्ता सहरलाई पर्यटकीय स्थल बनाउन सकेका छैनौं, काठमाडौंलाई विश्वकै पर्यटकीय सहर बनाउने छु ।’

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...