Texas College
YouTube Link

को हुन् मनिष ढकाल ? यस्ता छन् कमनपा-३१ लाई समृद्ध बनाउने ढकालको योजना 

Facebook Link

 

काठमाडौं: एक जना युवा जो आफू बसेको वडा र टोललाई स्मृद्ध बनाउने सपना देखिरहेका छन् । युवा जोश र जाँगरका साथ आसन्न स्थानीय तह निर्वाचनका लागि काठमाडौं महानगरपालिका वडा नं. ३१ का स्वतन्त्र पदका उम्मेदवार हुन् मनिष ढकाल ।

 

वडावासीको चाहना र भावना अनुरुप काम गर्न सक्ने उर्जाशील, एक जुझारु युवा नेताको रुपमा परिचित छन् मनिष ढकाल ।

 

वडा अध्यक्षको रुपमा आफूलाई उभ्याउँदै गर्दा उनले धेरै योजनाहरुलाई पनि सँगसँगै अगाडि बढाईरहेका छन्  । अहिले काठमाडौं शहर शहर मात्र नभई विभिन्न खालको समस्याले पनि गाँज्न थालेको छ ।

 

अव्यवस्थित रुपमा बनेका विभिन्न खालको संरचनाले वडा कुरुप बन्न थालेको छ । ती सबैलाई ब्यवस्थित मात्र नभई सौन्दर्यमूलक वडाको रुपमा आफ्नो वडा बनाउने उनको योजना छ ।

 

देशको संघीय राजधानीको रुपमा रहेको काठमाडौंलाई समृद्ध बनाउनकै लागि त्यस्तै योजना बोकेका स्वतन्त्रबाट मेयरका उम्मेदवार बनेका बालेन शाहसँग सहकार्य गर्दै अगाडि बढिरहेका छन् ।

 

यस्ता छन् उनका योजनाहरुः

– म शासक बन्न जनप्रतिनिधि बन्न लागेको होइन, तपाईको सेवक बनेर हरेक दिन यहाँहरुकै समस्या र गुनासोलाई सम्बोधन गर्नेछु ।

 

– देशमा युवा बौद्धिक पलायन निकै भयावह छ । यो क्षेत्रका युवाहरुको चाहना अनुसार उनीहरुलाई व्यवहारिक शिक्षा तथा आवश्यक तालिमहरुको व्यवस्थासँगै अफ्नै क्षेत्रमा उद्यमशिलता सिर्जना गर्ने, बौद्धिकता पलायन हुन नदिन नवप्रर्द्धनमा जोड दिने ।

 

– सार्वजनिक यातायात आजको सबैभन्दा ठूलो समस्या हो । अर्कोतर्फ प्रदुषणले हाम्रो फोक्सोलाई दिन प्रतिदिन विषाक्त बनाउँदै लगेको छ । वातावरणीय स्वच्छतालाई ध्यानमा राख्दै यस क्षेत्रमा विद्युतीय सवारी साधन सञ्चालनमा वडाले नै प्रोत्साहन गर्ने र सुलभ मूल्यमा सहज सार्वजनिक यातायातको व्यवस्था गर्ने ।

 

– स्वच्छ वातावरणका लागि फोहोरको व्यवस्थापन तथा प्रदुषण नियन्त्रणलाई अभियानकै रुपमा सञ्चालन गर्ने । वडामा सम्भव हुने ठाउ“मा रुखहरु रोप्ने, एक व्यक्ति एक वृक्षारोपण कार्यक्रम अघी बढाउने । 

 

– शिक्षा र स्वास्थ्य राज्यको दायित्वभित्र पर्ने कुरा हुन् । तर नेपालमा यी विषय नागरिकका लागि सबैभन्दा ठूला चुनौतिका रुपमा देखिएका छन् । त्यसैले यस क्षेत्रमा रहेका सार्वजनिक विद्यालयलाई नीजि विद्यालयसँग प्रतिष्पर्धी बनाउने मात्र होइन नमुना विद्यालय बनाउने छु ।

 

– यस वडामा रहेका नीजि विद्यालयहरुमा वडामा रहेका कमजोर आर्थिक अवस्था भएका नागरिकका लागि अनिवार्य छात्रवृत्तिको व्यवस्था गर्ने, प्राइभेट स्कुलमा शुल्क नियन्त्रण अनुगमन गर्ने ।   

 

– आज एउटा नागरिक विरामी हुँदा घर खेत नै धितो राखेर उपचार गर्नुपर्ने अवस्था छ । यस्तो अवस्थाको अन्त्यका लागि वडा तहमा गुणस्तरीय स्वास्थ्य संस्थाको स्थापना र भएका स्वास्थ्य संस्थाको स्तर उन्नती गर्दै यस वडाका नागरिकको विशेषज्ञ चिकित्सकहरुमार्फत निःशुल्क नियमित स्वास्थ्य जाँच तथा उपचारको व्यवस्था मिलाउने ।

 

– मुलुरोग, मृगौला रोग, क्यान्सर जस्ता जटिल किसिमका स्वास्थ्य समस्या भएका नागरिकका हकमा वडाका तर्फबाट सम्भव हुनेसम्म आर्थिक सहयोगको व्यवस्था गर्ने ।

 

– वडामा आपत्कालिन सहयोग तथा उद्धार प्रणालीको विकास गर्ने र त्यसका लागि वडा कार्यालयको रोहवरमा टोल फ्री नम्बरको व्यवस्था गर्ने ।

 

– वडामा रहेका जेष्ठ नागरिकहरुका बीचमा नियमति रुपमा जमघट, छलफलका लागि उपयुक्त ठाउँको व्यवस्था गर्ने, उहाँहरुका गुनासाहरु नियमित रुपमा सुन्ने र निःशुल्क स्वास्थ्य सेवासहित आवश्यक सबै किसिमका सहयोग तत्काल उपलब्ध गराउने ।

 

– जेष्ठ नागरिकहरुलाई बेला बेलामा धार्मिक यात्राहरुमा सहभागी गराउने ।

 

– शारीरिक रुपमा कमजोर, अपाङ्ग र अशक्तहरुलाई मध्यनजर गर्दै सहायता कक्षको व्यवस्था गर्ने ।

 

– वैदेशिक रोजगारीबाट फर्किएका युवाहरुको सिप र क्षमता अनुसार उनीहरुका लागि वडामै अवसर सिर्जना गर्ने ।

 

– सडक बत्ती, व्यवस्थित गर्ने ।

 

– २०६० अगाडी निर्माण भएका नक्सा उपलब्ध गराउने ।

– दोहोरो कर प्रणालीको अन्त्यको शुरुवात ३१ वडा बाट गराउने ।

 

– वडाका गर्भवती महिलाहरुको स्वास्थ्यलाई विशेष ध्यान दिँदै उनीहरुलाई आवश्यक सहयोग गर्ने ।

 

– वडाको शान्ति शुरक्षाको अवस्था चुस्त बनाउने, सिसिटिभिको व्यवस्था गर्ने र निःशुल्क वाइफाइको व्यवस्था गर्ने । 

 

– अपांगमैत्री विकास निर्माणमा जोड दिने, निःशुल्क एम्बुलेन्स तथा दमकल सुविधाको व्यवस्था गर्ने ।

 

– वडालाई दुव्र्यसनी मुक्त बनाउने र दूव्र्यसनीमा फसेका युवाहरुका लागि निःशुल्क मनोपरामर्श सेवा तथा पुनस्थापना गर्ने ।

 

– महामारी तथा अन्य विभिन्न किसिमका संकट तथा समस्याका कारण वडाबासीहरुमा त्रास, भय तथा मानसिक समस्या सिर्जना भइरहेकाले उनीहरुलाई  आवश्यकता अनुसार बेला बेलामा विशेषज्ञहरु मार्फत मनोपरामर्श कार्यक्रम सञ्चालन गर्ने ।

 

– वडाको कर संकलन तथा खर्च विवरण सहित प्रत्येक तीन महिनामा आय व्ययको विवरण सार्वजनिक गर्ने ।

 

– हरेक नागरिकको स्वास्थ्य विमा अनिवार्य गर्ने ।

 

– वडामा रहेको खाली जग्गाको सदुपयोग गर्दै व्यवस्थित पार्क तथा सामुदायिक भवन निर्माण गर्ने ।

 

– वडामा ब्याडमिन्टन कोर्ट स्थापना गर्ने तथा खेलकुद सम्बन्धी गतिविधिलाई प्रोत्साहन तथा प्रवद्र्धन गर्ने ।

 

– नियमित खानेपानी र फोहोर व्यवस्थापनका लागि प्रत्येक साता मोवाईल टोली परिचालन गर्ने ।

 

– वडामा रहेका ऐतिहासिक तथा धार्मिक सम्पदाहरुको संरक्षण तथा प्रवद्र्धन गर्ने र भावी पुस्ताका लागि सुरक्षित राखिदिने ।

 

– वडाका उत्कृष्ट वालवालिकाहरुको छनोट तथा उनीहरुलाई पुरस्कृत गर्ने ।

 

– नयाँ पुस्ता र पुराना पुस्ताबीच बढ्दै गएको दूरीलाई कम गर्न दुवै पुस्ताकाबीचमा एक अर्काका अनुभव र ज्ञान साटासाटको अवसर प्रदान गर्ने ।

 

– सामाजिक कुरीति तथा विभेद अन्त्य गर्न आवश्यक पहल गर्ने ।

 

– अपराधिक क्रियाकलापमा रोक लगाउने र त्यस्ता गतिविधिमा संलग्नहरुप्रति कठोर ढंगले प्रस्तुत हुँदै कानुनको कठघरामा उभ्याउन वडाले नै पहल गर्ने ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

कर्मचारी र पदाधिकारीले चढिरहेका ६ सय २२ सरकारी गाडी खोसिए

वि.सं.२०८३ वैशाख १५ मंगलवार १७:०३

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले राज्यको सीमित स्रोत र...

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

संसद् रोकेर दुई वटा अध्यादेश जारी गर्दै सरकार

वि.सं.२०८३ वैशाख १५ मंगलवार १६:४७

काठमाडौं: सरकारले दुईवटा अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस...

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल नियुक्त

वि.सं.२०८३ वैशाख १४ सोमवार १५:२३

काठमाडौं: सरकारले सशस्त्र प्रहरी बलको आईजीपीमा एआईजीपी नारायणदत्त पौडेललाई नियुक्त...

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे

वि.सं.२०८३ वैशाख १४ सोमवार १४:५५

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले भीष्मराज आङ्देम्बेलाई पार्टी...

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

नेपाललाई चिनाउने भनेकै हाम्रो सुन्दर प्राकृतिक फोटोहरू हुन् : महानिर्देशक पराजुली

वि.सं.२०८३ वैशाख १३ आइतवार १७:१७

काठमाडौं: ९९औं राष्ट्रिय फोटोपत्रकारिता दिवसको अवसरमा सूचना तथा प्रसारण विभागका...

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

जो सिनियर हो, उही बन्छ सशस्त्र प्रहरी महानिरीक्षक

वि.सं.२०८३ वैशाख ११ शुक्रवार १२:२९

तस्वीर : मुलुकबाहिरको औपचारिक कार्यक्रममा जान...