YouTube Link

३० गते सबै यातायात बन्द, अनुमति लिएकाले मात्र चलाउन पाउने

Facebook Link

 

काठमाडौं : स्थानीय तह निर्वाचनका दिन यहि बैसाख ३० गते सबै सवारी सधान बन्द हुने भएको छ । सवारी साधन चलाउन चाहनलेले अनुमति लिनुपर्ने भएको छ ।

 

प्रशासनको अनुमति लिएका बाहेक सार्वजनिक र निजी गाडी चलाउन नपाइने निर्वाचन आयोगले जनाएको छ ।

 

आयोगले मतदानको दिन गाडी आवागमन व्यवस्थापन सम्बन्धी मापदण्ड २०७९ लागू गरेको छ । उम्मेदवार वा उम्मेदवारको प्रतिनिधिले मतदानको दिन गाडी चलाउन सम्बन्धित मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतसमक्ष निवेदन दिनुपर्नेछ ।

 

उम्मेदवार बाहेक अन्य निकाय वा संस्थाले सम्बन्धित निकाय वा संस्थाको आधिकारिक लेटर प्याडमा गाडी नम्बर, प्रयोगकर्ताको नामसहित पासका लागि २८ गतेसम्म निवेदन पेस गर्नुपर्नेछ ।

 

हवाई उडानको यात्रामा पासपोर्ट, भिसा र टिकटका आधारमा विमानस्थल र अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आवागमनको सहजीकरण काठमाण्डौका प्रमुख जिल्ला अधिकारीले मिलाउने उल्लेख छ ।

 

मतदानको दिन अशक्त व्यक्तिको लागि मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतले अनुमति दिएको गाडीको प्रयोग गर्न सकिनेछ ।

 

एम्बुलेन्स, खानेपानी ट्याङ्कर, दमकल, दुरसञ्चार, शववाहन, अस्पताल सेवा तथा विद्युत् सेवाको लागि अनुमति लिनु नपर्ने आयोगले जनाएको छ ।

 

पत्रकार तथा सञ्चारकर्मीलाई सूचना विभागको कार्डका आधारमा प्रमुख जिल्ला अधिकारीले अनुमतिपत्र दिने व्यवस्था गरेको निर्वाचन आयोगले ४८ घण्टाअघि नै सीमा नाका बन्द, तोकिएको क्षेत्रमा मदिरा निषेध निर्वाचन आयोगले निर्वाचनको ४८ घण्टाअघिदेखि मतदान सम्पन्न नभएसम्म सबै अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई आग्रह गरेको छ।

 

आयोगको बिहीबारको बैठकले वैशाख २७ गते मंगलबार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न गृह मन्त्रालयलाई लेखी पठाउने निणर्य गरेको हो ।

 

स्थानीय तह निर्वाचनका लागि मतपत्र छपाइ सम्पन्न भएको आयोगले पत्रकार सम्मेलनमार्फत बिहीबार जानकारी दिएको छ ।

 

शुक्रबारसम्म सबै जिल्लामा ढुवानी गरिसकिने जानबारी प्रवक्ता शालिग्राम शर्मा पौडेलले दिए । उनका अनुसार मधेसबाहेक प्रदेशका सबै जिल्लामा मतपत्र ढुवानी भइसकेको छ ।

 

यस्तै, निर्वाचन अवधिभर मादक पदार्थ निषेधलाई प्रभावकारी बनाइने भएको छ । स्थानीय तह निर्वाचन निर्देशिका २०७८ को दफा ७१ मा मादक पदार्थ निषेध गर्ने व्यवस्था छ ।

यो व्यवस्थाको प्रभावकारी कार्यान्वयनका लागि वैशाख २७ गते राति १३ बजेदेखि मतदान सम्पन्न नभएसम्म तोकिएको क्षेत्रमा मादक पदार्थ बिक्री वितरण र सेवन निषेध गर्न गृहलाई लेखी पठाउने निणर्य भएको आयोगले विज्ञप्तिमार्फत जनाएको छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...