बहुबिवाहकाण्डले वडा अध्यक्षका उम्मेदवार भट्टराईलाई आपत
वि.सं.२०७९ वैशाख २० मंगलवार १२:०१
3K
shares
काठमाडौं: बहुबिवाह नेपाली कानुनमा बर्जित छ । बहुबिवाह बर्जित हो भनेर थाहा पाउँद पाउदै पनि एकजना जनप्रतिनिधिले त्यही काम गरेका छन् ।
त्यही कारणले उनी अहिले चुनावी कार्यक्रममा पनि खुलेर आफ्नो प्रचारप्रसार गर्न निस्कन सकेका छैनन् ।
यसरी आफ्नो चुनावी कार्यक्रम लिएर घरबाट बाहिर ननिसक्ने उम्मेदवार हुन बुढानिलकण्ठ नगरपालिका वडा नं १२ को वडाअध्यक्ष उम्मेदवार शम्भुप्रसाद भट्टराई ।
उनी यसअघि पनि सोही वडाका वडा अध्यक्षमा निर्वाचित जनप्रतिनिधि हुन । ०७४ सालमा पनि गाइँगुँइ हल्ला चलेपनि त्यतिकै सेलाएको उक्त श्रीमती काण्ड फेरी ब्यूँतिएको छ ।
पाँच वर्ष वडाध्यक्ष खाईसकेको भट्टराईको बहुबिबाह वा बिबाहोत्तर सम्बन्ध भएको तथ्य अहिले बाहिर आएको हो ।
शम्भुप्रसाद भट्टराइले आफ्ना र आफ्नाहरूको बारेमा एक पुस्तकको कवितांमा उल्लेख गरेका छन् । त्यसैमार्फत आफ्नाहरुको नाम छरप्रष्ट पारेका छन् ।
जीवनाथ धमलाद्वारा लिखित तथा सम्पादित “वेन्दात स्मारिका”को एउटा अंकमा उनले यसरी आफन्तहरुको नालीबेली छरप्रष्ट पारेका हुन । जुन किताबको उनले आफैले प्रायोजन गरेका छन् ।
सो स्मारिकामा प्रमुख प्रकाशकको नामसहित भट्टराइ र उनको माताजीको फोटो कभरमा नै छापिएको छ । स्मारिकामा कवि धमलाले शम्भु भट्टराइ र उनका आफन्तबारे एउटा परिचयात्मक कविता लेखेका छन् जसको शीर्षक छ, प्रमुख प्रकाशन सहयोगिको संक्षेप जानकारी ।
पद्यशैलीमा लेखिएको कविताको एक अंशमा लेखिएको छः
आमाको नाम लिलादेवी दुर्गाप्रसाद बाउको
जेठोछोरा मणिमुकुट हाम्रो कपन गाउँको
बुद्धिजिवी जनतासेवी शम्भुप्रसाद हिरा
ज्ञानी सन्तान गृहलक्ष्मी नाम सुनिता र मीना ।
आफैद्वारा आफ्ना लागि कविता लेखिएको कवितामा “गृहलक्ष्मी नाम सुनिता र मीना” भनिएसँगै भट्टराइको बहुबिबाहलाइ प्रमाणित गर्न सक्छ ।
लेखक धमला स्वयम् बुढानिलकण्ठ १२ कै भएकाले पनि उनले लेख्दा सोधेर र प्रामाणिक नै लेखेको हुनुपर्ने देखिन्छ । आमा बुबा, भाइ बुहारीको नामसमेत उल्खित कवितामा सबै कुरा दुरूस्त देखिन्छ ।
नियमतः बहुबिबाह गरेको प्रमाण भएको मान्छे जनप्रतिनिधि बन्न योग्य मानिदैन । अब यो विषय कति प्रामाणिक हो वा के हो भन्ने बारे विपक्षले कति खोजबिन गर्ला त्यसको चासो सबैलाई चासो छ ।
यो प्रशंगसँगै यसै वडाबाट नेकपा एसबाट वडा सदस्य पदमा उम्मेदवारी दिएका कुमार पुडासैनी पनि बहुबिबाह गरेको व्यक्ति भनेर चर्चा भएको छ ।
यता ०७४ सालमा पनि शम्भुप्रसाद भट्टरार्इलाई जिताउन महत्वपूर्ण भूमिका खेल्ने र अबको चुनावमा पनि भट्टराइको चुनावी माहौल हाँक्ने व्यक्ति हुन् केदार पुडासैनी ।
प्राध्यापन पेशामा संलग्न पुडासैनी पनि बहुबिबाहवाला हुन् । उनको दुवै श्रीमती तथा उनका सन्तानहरू बुढानिलकण्ठ १२ मा नै रहेका छन् ।
वि.सं.२०७९ वैशाख २० मंगलवार १२:०१



















