YouTube Link

परिवारसहित भेट्न कारागार पुगेका दुर्गेशलाई के भने नायक पल शाहले ?

Facebook Link

 

काठमाडौँ :  नाबालिका गायिका बलात्कार अभियोग लागेर कारागारमा रहेका नायक पल शाहलाई भेट्न गायक दुर्गेश थापा परिवारसहित कारागार पुगेका छन् ।

 

पललाई भेट्न दुर्गेश आफ्नी श्रीमती र छोरालाई समेत लिएर जिल्ला कारागार कार्यालय तनहुँमा पुगेका हुन् ।

गायक दुर्गेशमाथि गायिका समिक्षा अधिकारीलाई उक्साएर नायक पल शाहबिरुद्ध जबरजस्ती बलात्कारको मुद्धा दर्ता गर्न लगाएको आरोप लागिरहेको छ । उनीमाथि आफ्नै साथीलाई घात गर्ने साथीको रुपमा लिदै उनको बिरोध गर्नेहरुको जमात धेरै नै रहेको छ ।

 

जिल्ला अदालत तनहुँमा नाबालिग गायिका र उनका पिताले बयान फेरेसँगै यो प्रकरणमा ट्वीस्ट आयो । दुर्गेशले पनि अदालतमा पललाई सहयोग पुग्ने गरी बयान दिए । उक्त बयानले फेरि दुर्गेश र पलबीच सम्वन्ध सुधारको ढोका खोलेको हो । त्यसो त दुर्गेशले प्रहरीलाई दिएको बयानमा पनि पलमाथि कुनै आरोप लगाएका थिएनन् ।

हिजो पल र दुर्गेशबीच ३० मिनेट कुराकानी भएको थियो । भेटपछि संचारमाध्यमलाई प्रतिकृया दिदै दुर्गेशले पल प्रफुल्लित र आत्मविश्वासी मुद्रामा देखिएको जानकारी दिएका छन् ।

 

पल जेलबाट छिट्टै निस्कनेमा ढुक्क देखिएका छन् । भेटका क्रममा पलले दुर्गेशको छोरोको कानमा फूल सिउरिदिएका छन् । भेटपछि दुबै हाँसीखुसी छुट्टिएका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}

गायक सुनिल थापा मगरको नयाँ गीत ‘ढाट्या भए मै मरि जाउला’ सार्वजनिक {भिडियो सहित}

वि.सं.२०८३ कात्तिक ३० सोमवार १२:४१

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएका...

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

२५ वटा स्कुटी र २५ वटा मोटरसाइकल खोज-तलास गरी सम्बन्धित धनीलाई फिर्ता

वि.सं.२०८३ कात्तिक २० शुक्रवार १५:४४

काठमाडौं: सुझबुझपूर्ण र दूरदर्शी कमाण्ड अनि हरेक ट्राफिक काम-कारबाहीलाई सिर्जनशील,...

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

ऐतिहासिक-पुरातात्त्विक सम्पदा संरक्षण, सम्वर्द्धन र प्रवर्द्धनमा नेपाली सेनाको भूमिका

वि.सं.२०८३ कात्तिक १८ बुधवार १५:०६

भक्तपुरः देशका विभिन्न भागमा छरिएर रहेका ऐतिहासिक तथा पुरातात्त्विक सम्पदाहरूको...

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन’ को मस्यौदा तयार, ७ दिनभित्र राय सुझाव दिन माग

वि.सं.२०८३ कात्तिक १८ बुधवार १३:०१

काठमाडौं: नेपाल बीमा प्राधिकरणले ‘इन्जिनियरिङ बीमासम्बन्धी निर्देशन, २०८३’ को मस्यौदा...

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

लाभांश नलिएका सेयरधनीलाई नबिल बैंकको ताकेता

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५६

काठमाडौं: नबिल बैंकले नगद लाभांश प्राप्त नगरेका सेयरधनीलाई आवश्यक प्रक्रिया...

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

१० वर्षका लागि घर भाडामा लिँदै महालक्ष्मी विकास बैंक

वि.सं.२०८३ कात्तिक १८ बुधवार १२:५२

काठमाडौं: महालक्ष्मी विकास बैंकले देशका विभिन्न चार शाखा कार्यालय स्थानान्तरण...