काठमाडौका मेयरको उम्मेदवार स्थापितलाई यसरी डाम्ने भयो अयोगले
वि.सं.२०७९ वैशाख १९ सोमवार १५:३५
1.7K
shares
काठमाडौँ : काठमाडौ महानगरपालिकाका मेयरका उम्मेदवार केशब स्थापितलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।
निर्वाचन आयोगले लागू गरेको आचारसंहिता उल्लंघन गरेको भन्दै उनलाई स्पष्टीकरण सोधेको हो ।
स्थापितले व्यक्त गरेका कतिपय शब्दहरुबारे आयोगमा उजुरी आएकाले त्यसअनुसार के भएको हो सोबारे २४ घण्टाभित्र स्पष्टीकरण दिन भनिएको आयोगका सूचना अधिकारी सूर्य प्रसाद अर्यालले जानकारी दिएका छन् ।
यही वैशाख १५ गते काठमाडौंको एक कलेजमा भएको कार्यक्रममा स्थापितलाई यौन दुर्व्यवहारसम्बन्धी प्रश्न सोधिएको थियो ।
प्रश्नकर्तालाई लक्षित गरेर स्थापितले दिएको अभिव्यक्तिका सम्बन्धमा उजुरी परेपछि आयोगले स्पष्टीकरण सोधेको हो ।
वि.सं.२०७९ वैशाख १९ सोमवार १५:३५



















