YouTube Link

एसियन गेम्समा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने, पहिलो पटक महिला भलिबल र फुटबलमा सहभागी हुँदै

World Cup 2026
Facebook Link

 

काठमाडौं: नेपालले आसन्न एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले एसियन गेम्समा सहभागी हुने खेलको टुङ्गो लगाएको हो ।

 

नेपालको राष्ट्रिय महिला भलिबल टोली र महिला फुटबल टोलीले पहिलोपटक एसियाली खेलकुद (एसियाड) मा सहभागिता जनाउने भएका छन् ।

 

राखेपको शुक्रबार बसेको १ सय १२औं बोर्ड बैठकले आगामी भदौ २५ देखि असोज ९ गतेसम्म चीनको हाग्ंजोउ शहरमा आयोजना हुने १९औं एसियाडमा महिला भलिबल टोली र महिला फुटबलसहित २३ खेल सहभागी गराउने निर्णय गरेको छ ।

 

बैठक स्रोतका अनुसार तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसले आसन्न एसियन गेम्समा सहभागी हुने भएका छन् ।

 

यसअघि पुरुष भलिबल टोली र फुटबल टोलीले एसियाडमा भाग लिइसकेका छन् । यसपटकको फुटबल र भलिबलका पुरुष टोलीले एसियाड खेल्ने छैनन् ।

 

महिला भलिबलका लागि यो नै अब सबैभन्दा ठुलो प्रतियोगिता हुनेछ । महिला भलिबल टोलीले पाँचपटक दक्षिण एसियाली खेलकुद (साग) खेल्दा एकमा रजत र चारपटक कास्यपदक जितेको छ । दुईपटक सेन्ट्रल जोन खेल्दा दुवैपटक अपराजित रहेर च्याम्पियन बनेको थियो ।

 

नेपालले सन् २०१७ माल्दिभ्समा भएको वुमन्स वल्ड एसियन सेन्ट्रल जोन क्वालिफायर पनि खेलेको छ । यस्तै विभिन्न आधिकारिक र मैत्रीपूर्ण खेल पनि खेलेको छ ।

 

पुरुष भलिबल टोलीले ३२ वर्षपछि सन् २०१८ मा इन्डोनेसियामा भएको एसियन गेम्समा प्रतिस्पर्धा गर्दा १५औं स्थान हासिल गरेको थियो । त्यतिबेला पुरुष भलिबलमा २० राष्ट्रको सहभागिता रहेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...