सेन्चुरी बैंकको नाफा १८३.५९% ले बढ्यो
वि.सं.२०७९ वैशाख ७ बुधवार १५:०७
2.4K
shares
काठमाडौं: सेन्चुरी कमर्सियल बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वितिय विवरण सार्वजनिक गरेको छ ।
बैकको खुद नाफा १८३.५९% ले बढेर १ अर्ब १ करोड ५६ लाख ८३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष यसै अवधिमा भने ३५ करोड ८१ लाख ५० हजार रुपैयाँ नाफा रहेको थियो ।
बैंकको खुद ब्याज आम्दानी ११.६६% ले बढेर २ अर्ब १४ करोड १६ लाख ८ हजार रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २१२.७६% ले बढेर १ अर्ब ४७ करोड ९१ लाख ७८ हजार रुपैयाँ पुगेको छ ।
त्यस्तै, बैंकको चुक्ता पुँजी ५.७५% ले बढेको छ भने जगेडा कोष २९.३८% ले घटेको छ । हाल बैंकको चुक्ता पुँजी ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ७९ करोड ८ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
बैंकको प्रतिसेयर आम्दानी १४ रुपैयाँ १७ पैसा र प्रतिसेयर नेटवर्थ १२४ रुपैयाँ १६ पैसा रहेको छ ।
वि.सं.२०७९ वैशाख ७ बुधवार १५:०७



















