टिकट नपाएको झोकमा कांग्रेस परित्याग
वि.सं.२०७९ वैशाख ७ बुधवार १५:२६
3.7K
shares
रुपन्देही: स्थानीय तहको निर्वाचनमा पार्टीले टिक नपाएपछि नेपाली कांग्रेसका स्थानीय नेताले पार्टी नै परित्याग गरेका छ ।
नेपाली कांग्रेस रूपन्देहीका पूर्वक्षेत्रीय सभापति मातृका यादवले पार्टीबाट राजीनामा ठोकेका हुन ।
उनले आज पार्टी कार्यालयमा राजिनामा बुझाउँदै पार्टी साधारण सदस्यसमेत नरहने बताएका छन् । उनी कांग्रेस महाधिवेशनमा क्षेत्रीय सभापतिमा दोस्रो कार्यकालका लागि उम्मेदवारी दिएर पराजित भएका थिए ।
उनी सिद्धार्थ नगरपालिकाको मेयरका आकांक्षी थिए । कांग्रेसले सिद्धार्थ नगरको मेयरका लागि इस्तियाक अहमदको नाम सिफारिस गरेपछि एकाएक रिसाएका यादवले राजिनामा दिएका हुन ।
‘पार्टीमा इमान्दारहरूको कुनै काम रहेन,’ उनले भने, ‘यो पार्टीमा बसिरहनु उचित लागेन, राजीनामा दिएँ ।’ अन्याय सहेर बस्न हुन्न भनेर आफूले राजीनामा दिएको उनको भनाइ थियो ।
वि.सं.२०७९ वैशाख ७ बुधवार १५:२६



















