YouTube Link

स्पेनिस ला लिगा फुटबलमा रियल म्याड्रिडको पूनरागमन जित

Facebook Link

 

एजेन्सी: स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई ३-२ गोल अन्तरले पूनरागमन जित निकालेको छ ।

 

रियलले दुई गोलले पछि परेको अवस्थामा घरेलु टोली सेभियामाथि ३–२ को पूनरागमन जित निकालेको हो ।

 

रियलको पूनरागमन जितमा रोड्रिगो, नाचो फर्नान्डेस र बेन्जेमाले गोल गरे । घरेलु टोली सेभियाका इभान राकिटिच र एरिक लमेलाले गोल गरे ।

 

खेलको २१औं मिनेटमा इभान राकिटिचले सिधै फ्रिकिकमा गोल गर्दै सेभियालाई सुरुवाती अग्रता दिलाएका थिए ।

 

२५औं मिनेटमा एरिक लमेलाले जेसस कोरोनाको पासमा गोल गरेपछि रियल पहिलो हाफमा २–० ले पछि परेको थियो ।

 

पहिलो हाफमा पछि परेको रियलले दोस्रो हाफको ५०औं मिनेटमा रोड्रिगोज र खेलको ८२औं मिनेटमा नाचो फर्नान्डेसले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

 

बराबरीतर्फ धकेलिएको खेलको अतिरिक्त समयको थप गरिएको दोस्रो मिनेटमा रियलका लागि कप्तान करिम बेन्जेमाले गोल गर्दै पूनरागमन जित दिलाए ।

 

जारी सिजनको ला लिगामा बेन्जेमाको यो २५औं गोल हो । २८ खेल खेलेका उनले ११ असिस्ट समेत दिएका छन् ।

 

जितसँगै रियलले यो सिजनको ला लिगा जित्ने सम्भावना बलियो बनाएको छ । रियलले दोस्रो स्थानको टोलीलाई १५ अंकले पछि पारेको छ ।

 

रियलको ३२ खेलबाट ७५ अंक पुगेको छ । दुई खेल कम खेलेको बार्सिलोना र समान खेल खेलेको सेभिया र एट्लेटिको म्याड्रिडको समान ६० अंक छ ।

 

रियलसँग पराजित भएको सेभियाले दोस्रो स्थानमा उक्लने मौका गुमाएको छ ।

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
सुपर सिक्समा नेपालको लगातार तेस्रो जित

सुपर सिक्समा नेपालको लगातार तेस्रो जित

वि.सं.२०८२ असोज ३० बिहीवार ०६:५७

काठमाडौं: नेपालले टी-२० विश्वकप एसिया इस्ट एसिया प्यासिफिक छनोटको सुपर...

नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै

नेपालले आज घरेलु टोली ओमानसँग भिड्दै

वि.सं.२०८२ असोज २९ बुधवार ०७:४६

काठमाडौं: आइसिसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको...

सभामुखले आज दलहरूसँग छलफल गर्ने

सभामुखले आज दलहरूसँग छलफल गर्ने

वि.सं.२०८२ असोज २९ बुधवार ०७:३४

काठमाडौं: सभामुख देवराज घिमिरेले विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका दलहरूलाई छलफलमा...

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि

नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि

वि.सं.२०८२ असोज २९ बुधवार ०७:२८

काठमाडौं: नेकपा एमालेको १०औँ केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ...

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

अझै फर्केनन् ५ हजार २५७ कैदीबन्दी (सूचीसहित)

वि.सं.२०८२ असोज २९ बुधवार ०७:१६

काठमाडौं: जेन-जी आन्दोलनको क्रममा मौका छोपेर भागेका विभिन्न अपराधमा सजाय...

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

कतारविरुद्ध नेपालको रोमाञ्चक जित

वि.सं.२०८२ असोज २८ मंगलवार ०७:०१

काठमाडौं: आइसीसी टी-२० विश्वकपको एसिया र इस्ट एसिया प्यासिफिक क्षेत्रको...