उपमेयरकै नेतृत्वमा सडक अवरुद्ध गरेपछि…
वि.सं.२०७८ चैत १७ बिहीवार ११:५१
3.3K
shares
काठमाडौं: सर्बसाधारण ब्यक्तिहरुले विभिन्न माग राखी सडक अवरुद्ध गरेको त हामीले सुन्दै र पढदै आईरहेका हौ ।
तर, यसपटक अचम्मको घटना घटेको छ त्यो पनि काठमाडौमै । गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिकाको सीमा क्षेत्रमा रहेको जोरपाटी-साँखु सडकखण्ड, गोकर्णेश्वर नगरपालिकाकी उपमेयर शान्ति नेपालको नेतृत्वमा स्थानीयले आज बिहानैदेखि सडक अबरुद्ध गरेका छन् ।
६ वर्ष अघिदेखि निर्माणाधीन जोरपाटी-साँखु सडकखण्ड अझै निर्माण सम्पन्न नभएका कारण स्थानीयहरुलाई समस्या भएपछि उपमेयरकै नेतृत्वमा सडक अवरुद्ध गरेका हुन ।
उनीहरुले नारायणटार बागमती पुलदेखि दक्षिणढोका पुलसम्मको सडकखण्ड बन्द गरेका छन् ।
यो सडकखण्ड काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ३ र २ मा पर्दछ । जहाँबाट क्रमशः नेकपा एमालेका कृष्ण राई र नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले जितेका छन् ।
प्रदेश क्षेत्रमा पनि नेकपा एमालेका रामेश्वर फुयालले नेतृत्व गरेका छन् ।
वि.सं.२०७८ चैत १७ बिहीवार ११:५१



















