विवेकशील साझाको केन्द्रीय कार्यालय अनिश्चितकालीन बन्द
वि.सं.२०७८ चैत १५ मंगलवार १५:००
2.6K
shares
काठमाडौं: दुई पक्षबीच बिबाद चर्किएपछि विवेकशील साझा पार्टीको केन्द्रीय कार्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।
अध्यक्ष रवीन्द्र मिश्र पक्ष र संगठन विभाग प्रमुख निर्देश शिलवाल पक्षबीच पार्टी कार्यालयमा बिबाद भएको थियो ।
दुई पक्षका नेता तथा कार्यकर्ताबीच धलेकलाधकेलको अवस्था सिर्जना भएपछि प्रहरीले दुबै पक्षलाई पार्टी कार्यालय बाहिर निकालेको थियो ।
पार्टी कार्यालयका तर्फबाट निकालेको सूचनामा, ‘केही व्यक्तिहरूले अनधिकृत तवरले कार्यक्रम गर्न खोजेपछि त्यसको कारण उत्पन्न हुने जोखिमलाई ध्यानमा राखेर अर्को निर्णय नहुँदासम्म कर्मचारी बाहेक अन्यका लागि कार्यालय बन्द रहेको सूचित गरिन्छ,’ लेखिएको छ ।
वि.सं.२०७८ चैत १५ मंगलवार १५:००




















