YouTube Link

चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारे निर्णय गर्दै कांग्रेस केन्द्रीय समिति बैठक बस्दै

Facebook Link

 

काठमाडौं: नेपाली कांग्रेसले सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय गर्दैछ ।

 

स्थानीय तहको निर्वाचनमा कसरी प्रस्तुत हुने भन्नेबारे निर्णय सार्वजनिक हुने पार्टी प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए ।

 

गत शुक्रबारदेखि बसेको पार्टीको केन्द्रीय समिति बैठकमा चुनावी गठबन्धनबारे छलफल भएको छ । बैठकमा स्थानीय तहको चुनावमा सत्ता गठबन्धनका दलहरूबीच आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने पक्षमा धेरै मत देखिएको छ ।

 

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पनि गठबन्धनको पक्षमा उभिएका छन् । त्यसले गर्दा आवश्यकताको सिद्धान्तको आधारमा चुनावी तालमेलको निर्णय हुन सक्ने नेताहरूले बताएका छन् ।

 

पार्टीले आधिकारिक निर्णय सार्वजनिक गर्न बाँकी रहे पनि पार्टी सभापति, अन्य पदाधिकारी, शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्मले आ-आफ्नो धारणा व्यक्त गरेका छन् ।

 

पार्टी सभापति देउवा, नेता रामचन्द्र पौडेल, पार्टीका प्रवक्ता डा.महतलगायत गठबन्धनको पक्षमा छन् । महामन्त्री विश्वप्रकाश शर्माले पनि कतै एक्लै त कतै आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गर्ने बताएका छन् ।

 

शीर्ष नेतादेखि, पदाधिकारी र अधिकांश केन्द्रीय सदस्य सभापति देउवा पक्षको लाइनमा उभिएका बेला नेता शेखर कोइरालाले भने एक्लै चुनाव लड्नुपर्ने अडान कायमै राखेका छन् ।

 

कोइराला आफ्नो सुरुदेखिकै अडानबाट पछि नहट्दा पार्टीको १४‌औं महाधिवेशनमा उनकै समूहबाट महामन्त्री बनेका गगन थापाले भने पार्टीको निर्णयविरुद्ध मत प्रकट नगर्ने बताएका छन् ।

 

चुनाव एक्लै लड्नुपर्ने कोइरालाको प्रस्तावलाई आफ्नै समूहका नेताले समेत साथ नदिएको देखिएको छ । मंगलबारको बैठकमा यही विषयमा छलफल गरेर निर्णय लिने तयारी छ ।

 

यसअघि पार्टीमा देउवाले पेलेरै निर्णय गर्दै आएकाले यसपटक पनि कोइरालाको प्रस्तावलाई बेवास्ता गर्दै स्थानीय तहमा आवश्यकताको आधारमा चुनावी तालमेल गर्न सक्ने सम्भावना छ ।

 

चुनावी गठबन्धनका लागि संयन्त्र बनाउने तयारी समेत भएको छ । देउवाले गठबन्धनमा जोड दिए पनि अलग्गै संयन्त्र निर्णय गरेर जानेबारे शीर्ष नेताबारे छलफल भएको हो ।

 

आजको केन्द्रीय समिति बैठकले आगामी चुनावमा उम्मेदवारहरूलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ ।

 

संसदीय समिति २५ सदस्यीय हुने विधानमा व्यवस्था छ । संसदीय समितिलाई प्रदेश र प्रतिनिधिसभा सदस्यको टिकट वितरणको अधिकार हुन्छ ।

 

महानगरका प्रमुख र उपप्रमुखलाई भने केन्द्रीय समितिले टिकट वितरण गर्छ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...