श्रीमती मारेर जलाएको अभियोग लागेका पूर्व डिआईजी रञ्जन कोईरालाको मुद्धा हेर्न नमिल्नेमा
वि.सं.२०७८ चैत १० बिहीवार १४:२०
1.6K
shares
काठमाडौँ : आफ्नै श्रीमती मारेर जलाएको अभियोगमा ८ वर्ष जेलमा रही बाहिर निस्केका सशस्त्र प्रहरी बलका तत्कालीन डिआइजी रञ्जन कोइरालाको मुद्दा सर्वोच्च अदालतको आजको पूर्ण इजलासले हेर्न नमिल्ने बताउँदै पेशीबाट हटाएको छ ।
उनी जेल जीवन बिताएर बाहिर निस्केपछि अमेरिका भासिएका छन् । न्यायाधीशहरु डा.आनन्दमोहन भट्टराई,अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको पूर्ण इजलासमा कुनै एक न्यायाधीश यसअघि यो मुध्दासम्वन्धी कुनै आदेशमा जोडिएको हुँदा स्वार्थ बाझिने भन्दै आज हेर्न नमिलेको हो ।
कोइराला र उनको प्रेमिका भनिएकी तारा रेग्मीविरुध्द नेपाल सरकार वादी रहेको कर्तव्य ज्यानसम्बन्धी मुद्दा झण्डै पौने दुई वर्षपछि पेसीमा चढे को थियो ।

वि.सं.२०७८ चैत १० बिहीवार १४:२०



















