एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र: प्रचण्ड
वि.सं.२०७८ फागुन ३० सोमवार १६:४९
2.3K
shares
काठमाडौं: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग पार्टी एकता गरेर नेकपा गठन भएपछि षडयन्त्र भएको आरोप लगाए छन् ।
अध्यक्ष प्रचण्डले सोमबार धनगढीमा आयोजित प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
अध्यक्ष प्रचण्डले भने- ‘पार्टी एकतापछि हामीमाथि षडयन्त्र हुन थाल्यो र माओवादी नेतालाई आरोपित गरियो ।’ उनले एमाले अध्यक्ष केपी ओलीप्रति संकेत गर्दै पार्टी एकता गरेपछि भिलेन फेला परेको बताए ।
अध्यक्ष प्रचण्डले भने- ‘गठबन्धन गरेर पार्टी एकता गर्यौ । पार्टी एकता गर्नु गलत थिएन’, प्रचण्डले भने, ‘तर, भिलेन फेला पर्यो । भिलेनसँग लड्दा लड्दै विभाजित हुनुपर्यो ।’
वि.सं.२०७८ फागुन ३० सोमवार १६:४९




















