YouTube Link

पाँचौँ संस्करणको झापा गोल्डकप फुटबलको उपाधि आर्मीले जित्यो

Facebook Link

 

इलाम: पाँचौँ संस्करणको झापा गोल्डकप फुटबलको उपाधि विभागीय टोली त्रिभुवन आर्मी क्लबले जितेको छ  ।

 

झापा-११ फुटबल क्लबलाई २–१ ले हराउँदै आर्मीले उपाधि जितेको हो ।

 

पहिलो बाहेक सबै संस्करणमा आर्मी च्याम्पियन बन्दै आएको छ । झापा-११ ले भने पाँचौं पटक पनि उपविजेतामै चित्त बुझाएको छ ।

 

आर्मीलाई जित दिलाउन टेक बहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले एक-एक गोल गरे । झापाका विमल घर्तिमगरले एक गोल फर्काए ।

 

उपाधिसँगै आर्मीले नगद १२ लाख ५५ हजार प्राप्त गरेको छ । उपविजेता बनेको झापाले ६ लाख ५ हजार रुपैयाँ प्राप्त गरेको छ । झापा पाँचौं पटक उपविजेता बनेको हो ।

 

 

विशाल ‘ए’ लाई लाइभ टाइभ अचिभमेन्ट अवार्ड

झापा-११ फुटबल क्लबका फरवार्ड विशाल राई ‘ए’ लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका छन् ।

 

झापा गोल्डकप आयोजक समितिले झापा गोल्डकप फुटबल प्रतियोगिताको फाइनल अघि सोमबार विशाललाई अवार्डबाट सम्मानित गरिएको हो ।

 

अवार्डबाट सम्मानित हुनुअघि विशाललाई फाइनल खेल्ने दुवै टोलीका खेलाडीले गार्ड अफ अर्नर दिएका थिए ।

 

झापा-११ टोलीमा अहिले पनि रहेका विशाललाई यामाहा कम्पनीको मोटरसाईकल प्रदान गरिएको थियो ।

 

विशालले झापा-११ र सिक्किमबीचको खेल यसपटक खेलेका थिए । यसअघि आयोजकले झापा-११ का पूर्वकप्तान प्रवेश कटुवाल र मिडफिल्डर नगेन्द्रमणि लिम्बूलाई पनि लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...