संसद् भवन अगाडि भेटिएको शंकास्पद कुकर सेनाद्वारा निष्क्रिय
वि.सं.२०७८ फागुन १६ सोमवार १२:५६
2.3K
shares
काठमाडौं: नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि भेटिएको ‘नो एमसिसी’ लेखिएको शंकास्पद कुकरलाई नेपाली सेनाको डिस्पोजल टोलीले निष्क्रिय पारेको छ ।
संसद भवनको सिधा अगाडि सडकको बीच भागमा तारले बेरेको अवस्थामा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएपछि बमको आशंकामा सेनाको डिस्पोजल टोलीलाई खबर गरिएको थियो ।
बमको आशंका गरिए पनि कुकरभित्र केही विस्फोटक पदार्थ नभएको पाइएको छ । कुकर खाली रहेको बताइएको छ ।
एमसीसी पास गरिएको विरोधमा विप्लवको नेकपासहित विभिन्न राजनीतिक दलहरूले आज नेपाल बन्दको आयोजना गरेका छन् ।
बन्दलाई सफल बनाउन तथा सर्वसाधारणलाई त्रसित र आतंकित बनाउने नियतले यस्तो कार्य गरेको प्रहरीको अनुमान छ।
कुकर भेटिएसँगै त्यस क्षेत्रमा प्रहरीले उच्च सुरक्षा दिनुका साथै आवतजावत गर्न रोक लगाएको थियो ।
वि.सं.२०७८ फागुन १६ सोमवार १२:५६



















