पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिको विरोधमा युवा संघद्वारा आयल निगम घेराउ
वि.सं.२०७८ माघ २८ शुक्रवार १६:३९
2K
shares
काठमाडौं: पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिको विरोधमा एमालेको युवा भ्रातृ संस्था युवा संघले नेपाल आयल निगम घेराउ गरेका छन् ।
पेट्रोलियम पदार्थ लगायतको मूल्यवृद्धिविरुद्ध शुक्रबार टेकुमा रहेको निगमको विभाग कार्यालय घेराउ गरेको हो ।
युवा संघले पेट्रोल सकिएको गाडी डोरी लगाएर तानेको देखाएर विरोध गरेका थिए ।
यस्तै उनीहरुले मोटरसाइकल र स्कुटर पनि उनीहरुले डोहोर्याएर विरोध जनाएका थिए ।
पछिल्लो समय दैनिक रुपमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध युवा संघले विरोध गर्दै आएको छ ।

वि.सं.२०७८ माघ २८ शुक्रवार १६:३९



















