पछिल्लो २४ घण्टामा थपिए ११२८ कोरोना संक्रमित, थप १४ जनाको मृत्यु
वि.सं.२०७८ माघ २८ शुक्रवार १६:५१
1.9K
shares
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा १ हजार १२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको १७ हजार ४ सय ४७ जनाको पीसीआर परीक्षणमा ६ सय ६६ र ३ हजार ५ सय ४२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४ सय ६२ जनामा कोरोना पुष्टि भएको जनाएको छ ।
पछिल्लो २४ घण्टामा १४ कोरोना संक्रमितको मृत्यु भएको छ ।
सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार २ सय १५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार निको हुने दर ९६ प्रतिशत रहेको छ ।
वि.सं.२०७८ माघ २८ शुक्रवार १६:५१



















