Texas College
YouTube Link

‘ए’ डिभिजन लिग फुटबलमा ब्रिगेड ब्वाइजमाथि फ्रेन्ड्सको सानदार जित

Facebook Link

 

काठमाडौं: सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइज क्लबलाई ५-२ गोल अन्तरले सानदार जित निकालेको छ ।

 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा फ्रेन्ड्सको पहिलो जितमा सुशील शाह र जमउल एन्थोनी फ्रान्सिओसले दुई-दुई गोल गरे भने श्याम बाबु केप्छ्याकीले एक गोल थपे ।

 

ब्रिगेडका ड्याडी जुनियर वाम्बा र अनिल गुरुङले एक एक गोल फर्काए ।

 

खेलको १४ औं मिनेटमा सुशीलले फ्रि-किकमार्फत गोल गर्दै फ्रेन्ड्सलाई सुरुआती अग्रता दिलाएका थिए ।

 

ब्रिगेडका ड्याडी जुनियर वाम्बाले नाथनियल जुड ग्रासियालाई फउल गरेपछि फ्रेन्ड्सले फ्रि-किकको अवसर पाएको थियो ।

 

जसमा फ्रेन्ड्सका लागि डेब्यु खेलाडी सुशीलले उत्कृष्ट गोल गरे ।

 

तर, खेलको २५ औं मिनेटमा ड्याडीले फ्रि-किक मार्फत गोल गर्दै ब्रिगेडलाई १-१ गोलको बराबरीमा ल्याए ।

 

खेलको २७ औं मिनेटमा श्यामले गोल गर्दै फ्रेन्ड्सलाई २-१ को अग्रता दिलाए ।

 

पहिलो हाफको इन्जुरी समयको दोस्रो मिनेटमा जमउलले गोल गर्दै फ्रेन्ड्सलाई ३-१ को अग्रता दिलाए । निशेन सुब्बाको फ्रि-किकमा उनले हेडर मार्फत गोल गरे ।

 

खेलको ७६ औं मिनेटमा जमउलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ४-१ को अग्रता दिलाए ।

 

त्यसैगरी खेलको ७८ औं मिनेटमा सुशीलले व्यक्तिगत दोस्रो गोल गर्दै फ्रेन्ड्सलाई ५-१ को अग्रता दिलाए ।

 

त्यसपछि खेलको ८६औं मिनेटमा ब्रिगेडका अनिलले पेनाल्टीमा गोल गरेपनि फ्रेन्ड्स ५-२ ले जित हात पार्यो ।

 

जितसँगै फ्रेन्ड्सले १० खेलमा ६ अंक जोडेको छ । फ्रेन्ड्स १२ औं स्थानमा उक्लिएको छ ।

 

ब्रिगेड १० खेलमा ६ अंक जोडेर १३ औं स्थानमा झरेको छ ।

 

खेलमा फ्रेन्ड्सका सुशील प्लेयर अफ दि म्याच चुनिए ।

 

इमर्जिङ प्लेयर फ्रेन्ड्सका आकाश थापा चुनिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...